‘पहिलो नजर’ लिएर आए गायक सुदिप हमाल

कपन अनलाइन

काठमाडौँ मंगसिर १५। गोकर्णेश्वर नगरपालिका वडा नं ८ निवासी कलाकार एबम गायक सुदिप हमालको नया गीत  “पहिलो नजर” म्युजिक भिडियो सार्वजनिक भएको छ । बिभिन्न म्युजिक भिडियोमा अभिनय गर्दै आएका कलाकार सुदिप हमालले पछिल्लो समय रचनाकार र गायकका रुपमा  दर्शक माझ आएका छन । गित संगीतमा रुची राख्ने हमालले आफनै रचना स्वर तथा अभिनय रहेको पहिलो नजर बोलको गित आफ्नै यु ट्युब च्यानल बाट सार्वजनिक गरेका छन।

  मनोज कुमार पन्तको निर्देशन र छायांकनमा तयार भएको सो गीतको म्युजिक भिडियोमा हमाल सहित  कलाकार पुसन लामाको  अभिनय देख्न सकिन्छ ।  संगीत र संयोजन तथा रेकर्ड  म्युजिकशालामा गरिएको उक्त गीतमा बिशाल गुरुङको मिक्सिंग रहेको  छ  गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबहिनि कान्ति भैरब लगायतका रमणीय  स्थानमा छायांकन गरिएको उक्त  म्युजिक भिडियो राम्रो बनेको निर्माण पक्षको दावी रहेको छ।

तपाइँको प्रतिक्रिया ।