पत्रकार नवराज चालिसे नेपाल उद्योग बाणिज्य महासंघ द्वारा सम्मानित

कपन अनलाइन

काठमाडौं ,मंसिर १५।

पत्रकार नवराज चालिसे नेपाल उद्योग बाणिज्य महासंघ द्वारा सम्मानित भएका छन। नेपाल उद्योग बाणिज्य महासंघको साधारण सभामा पत्रकारिता मर्पाहत नेपालको उद्योग तथा अर्थतन्त्रको क्षेत्रमा योगदान पुर्याए बापत चालिसेलाई सम्मान गरिएको थियो।

नेपालको पत्रकारिता क्षेत्रमा लामो समय देखि क्रियाशील रहेका काठमाडौं महानगरपालिका वडा नं ६ रामहिटी निवासी  चालिसेले आर्थिक क्षेत्रमा कलम चलाउदै आएका छन।

हाल न्युज २४ टेलिभिजनमा कार्यरत रहेका चालिसेले नेपालका मुलक धारका छापा पत्रिकाहरुमा कम गर्नुका साथै विभिन्न रेडियो स्टेसनहरुमा पनि कार्य गरिसकेका छन।

पशुपति बहुमुखी क्याम्पस चाबहिल र बाल उद्दार मावी कपनमा अध्यापन गर्दै आएका चालिसे मिडिया स्कुलका संस्थापक अध्यक्ष समेत हुन।

तपाइँको प्रतिक्रिया ।