तारकेश्वर पाँचमानेमा निर्माण हुने मानवसेवा आश्रमको निरीक्षणमा प्रधानमन्त्री पत्नी राधिका शाक्य

कपन अनलाइन

काठमाडौं ,मङ्सिर १५।

प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले तारकेश्वर पाँचमानेमा निर्माण हुने मानवसेवा आश्रमको प्रस्तावित निर्माण स्थलको अवलोकन गरेकी छन ।

 तारकेश्वर नगरपालिका वडा न ३ पाँचमानेमा निर्माण हुन लागिएको धर्म भक्त माथेमा माहानगर मानव सेवा आश्रमको स्थलगत अवलोकन गरेकी हुन् ।

अवलोकन कार्यक्रममा शहरी बिकास राज्यमन्त्री रामवीर मानन्धर, तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा, उपमेयर भवानी डोटेल लगायतको उपस्थिती रहेको थियो ।

तारकेश्वर वडा न ३ पाचँमानेमा रहेको ४२ रोपनी सरकारी जमिन भएको स्थानमा चार रोपनी जग्गामा मानव सेवा आश्रम निर्माण हुन लागिएको हो । तीन सय बेड आश्रममा महिलाको लागि लक्ष्मी,पुरुषको लागि नारायण बालकको लागि बालगोपाल नाम रहनेछ ।

उक्त भवन सात करोड ३८ लाख लागत रहेको छ। यस भवन बनेपछि नेपाल मानव सेवा आश्रमले सञ्चालन गर्नेछ।काठमाडौँ उपत्यकालाई बेसहारा सडक मानव मुक्त गर्ने लक्ष्यअनुसार अहिले यहाँ उद्धार अभियानलाई तीव्र पारिएको छ । रात्रीकालीन सडक सेवा नै सञ्चालन गरेर उद्धार थालिएको हो ।

उद्धार अभियान सञ्चालन गरिरहेको मानवसेवा आश्रमका अनुसार सामाजिक सङ्घसंस्था र सरकारी निकायसँगको समन्वयमा काठमाडौँ, ललितपुर र भक्तपुरमा उक्त अभियान सञ्चालन गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।