प्राकृतिक श्रोतको गैरकानुनी दोहन तिव्र,बुढानिलकण्ठमा बिना स्वीकृति ओसार पसार गर्न नपाइने

कपन अनलाइन

काठमाडौं ,मंसिर १४।

बुढानिलकण्ठ नगरपालिकाको स्वीकृति बिना बालुवा ,ढुंगा र माटो ओसार पसार गर्न नपाइने वार्षिक नगर विकास योजनामा उल्लेख गरिएको छ।

आर्थिक वर्ष २०७७/७८ को वार्षिक नगरविकास योजनाको प्रस्ताव नं २८ मा २०७७/७८ को श्रावण महिना देखि ठेक्का नलागे सम्म बालुवा,ढुंगा र माटो एक ठाउँ बाट अर्को ठाउँ सम्म ओसार पसार गर्न नपाइने निर्णय गर्दै त्यस्तो गतिविधि भएको पाइएमा तत्काल कानुन बमोजिम कारवाही गर्न नगर कार्यपालिकालाई निर्देशन दिएको छ।

त्यस्तै बुढानिलकण्ठ नगरपालिका भित्र IEE स्वीकृत भएका क्षेत्रहरुमा बाहेक घडेरी सम्म्याउदा निस्केका बालुवा तथा माटोका वारेमा कार्यपालिकालाई निर्णय गर्ने अधिकार दिएको नगरपालिकाले कानुन विपरित भएका कार्यहरुको तत्काल अनुगमन गरिने जानकारी दिएको छ।

नगरपालिका भित्र विभिन्न स्थानमा अबैध रुपमा बालुवा तथा माटो उत्खनन र ओसार पसार भएको समाचार विभिन्न संचार माध्यमहरुले समाचार प्रकासन भए संगै त्यस्ता गैर कानुनी रुपमा संचालन भएका वासिंग तथा अन्य संरचनाहरुको अनुगमन तीव्र पार्ने नगरपालिकाले बताएको छ।

बुढानिलकण्ठ संगै अन्य नगरपालिकाहरुमा पनि अबैध रुपमा वासिंग तथा बालुवा प्रसोधन केन्द्र तथा उत्खनन गर्ने गरेको धेरै सुचना प्राप्त भएको एक राजनीतिककर्मीले बताएका छन। धेरै ठाउमा खुलेआम बिनादर्ता प्राकृतिक सम्पदा नस्ट हुने गरि गरिएका दोहन रोक्न स्थानीय तहले देखाएको उदासिनता र अनावस्यक आलस्यताले धेरै प्रश्न जन्माएको उनको धारणा रहेको छ।

अधिकांश उद्योगहरुले प्रभाव,दवाव र प्रलोभनको आडमा खुलेआम प्रकृतिको दोहन गर्दा पनि स्थानीय तहहरुले एकाध सुचना र प्रतीकात्मक चेतावनी बाहेक खास पहल कदमी लिएको देखिदैन।

कमिसनको चक्कर,आर्थिक उपार्जनको उपाय,कोसेली प्रेम र रवाफको दवावमा परेको भनेर धेरै स्थानीय तहमा भएको अनियन्त्रित दोहनको दृश्य पचाउन नसकेका जनताहरुले लगाउने गरेको आरोपलाई खण्डन हुने गरि ति तहले काम गर्नुपर्ने एक समाजसेवी बताउछन।

ठेकेदारहरु संग अगाध सामिप्यता, गैरकानुनी उद्योग संचालन गर्ने संचालकहरु संग रंगिला उठबस  र प्राकृतिक सम्पति छेडछाड गर्नेहरु संगको असोभनिय साठगाठको रोगले केहि जनप्रतिनिधिहरुलाई ग्रसित  बनाउने खतरा बढेको भन्दै ति समाजसेवीले यस्ता विषयमा सरोकारवाला निकायले छानविन गर्नुपर्ने धारणा राखेका छन।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।