भन्सार चोरी निकासी गरी ल्याएको सुन सहित पक्राउ

भन्सार चोरी निकासी गरी ल्याएको सुन सहित पक्राउ

कपन अनलाइन

काठमाडौं ,मंसिर १४।

भन्सार छलेर चोरी निकासी गरी सुन सहित एक व्यक्ति पक्राउ परेका छन। काठमाडौं महानगरपालिका वडा नं ९ सिनामंगल बाट  गंगा बहादुर थापा मगर पक्राउ परेका हुन्।

दिउसो अन्दाजी १३:०० बजेको समयमा शंकास्पद अबस्थामा फेला पारी चेकजाँच गर्दा उनि बाट नगद ११,८६,५००/-( एघार लाख छयासी हजार पाँच सय )  फेला परेको थियो।

पक्राउ पश्चात  अनुसन्धान गर्दा राजश्व छलि  गरी ल्याएको सुनको बालाहरु काठमाण्डौको कोटेश्वरमा स्काई ज्वलेर्स संचालन गरि बस्ने कुमार सेन्चुरीलाई  बिक्री गर्ने गरेको भन्ने  खुल्न आई  मंसिर १४ गते  सुनको बाला ३ थानबरामद भएको थियो।

कुमार सेन्चुरीलाई पक्राउ गरि आवशयक कारबाहीको लागी राजश्व अनुसन्धान  बिभाग हरिहर भवन ललितपुर पठाईएको ।साथै भन्सार चोरी निकासी गरी ल्याएको बेबारिसे अबस्थामा फेला परेको सेतो रंगको हालको मुल्य रु २,२५,०००/- पर्ने बुलेट मोटरसाईकल त्रिभुबन अन्तरास्ट्रिय भन्सार कार्यालय गौचरण काठमाण्डौ पठाईएको छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।