Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/127903120_1086964385056639_6731768454288439694_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेपाली कांग्रेस केन्द्रीय खेलकुद बिभाग काठमाडौंले कागेश्वरी ७ मा रक्तदान कार्यक्रम गर्ने

कपन  अनलाइन

काठमाडौं, मंगसिर १३ । नेपाली कांग्रेस केन्द्रीय खेलकुद बिभाग काठमाडौंले  कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ मा रक्तदान कार्यक्रम गर्ने भएको छ  ।नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ इकाई कार्यसमितिको व्यवस्थापनमा २०७७ साल मंगसिर १४ गते आइतबार एकलव्य शिक्षा सदन हरहर महादेव कागेश्वरी मनोहरा नगरपालिकामा  बिहान १० बजे देखि २ बजे सम्म सम्पूर्ण स्वास्थ्य मापदण्ड पुरा गरि  सुरक्षित तवरले  आयोजना  हुने उक्त रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न आयोजकले अनुरोध गरेको छ  ।

  विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीक कारण अस्पतालहरुमा उपचारार्थ बिरामीहरुलाई रगत अभाबका कारण समस्या उत्पन्न नहोस भनेर रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।