चार मुक्तक : मुक्तिनाथ शर्मा

चार मुक्तक : मुक्तिनाथ शर्मा

कपन अनलाइन

काठमाडौं ,मंसिर १३।

तिहारमा फूलमाला उन्दै उनिएन
द्यौशीभैलो खेले गा को सुन्दै सुनिएन
राजनीति कोरोना यी दुवै शत्रु लागे
हामीले नै राम्रा नेता चुन्दै चुनिएन ।

आफै बस्ने घर ढाल्न खोज्ने अगुवाले
देशै ढाल्न सक्छ भन्नुहुन्थ्यो हजुर्बाले
भन्छन मान्छे ऐले त्यस्तै लाग्न थालेको छ
होसियार हुनै पर्ला अब नेपालीले ।

बादीले जे दाबीगर्छ काट्छ प्रत्यबादी
बढाई चढाई दाबी गर्छन बादी प्रत्यबादी
दुबै दाबी हेरी केलाई न्याय दिनुपर्छ
न्याय दिने मौका दिन्छन बादी प्रत्यबादी ।

उखुको रस भकभकी पकाउन पर्छ
गाज फाल्दै फाल्दै शुध्द बनाउन पर्छ
त्यसै गरी राजनीति शुध्द बनाउन
अगतिला नेता जती हटाउन पर्छ ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।