गजल : बिसु कुमार के.सी

गजल : बिसु कुमार के.सी

कपन अनलाइन

काठमाडौं ,कार्तिक ७।

जिन्दगीसंग जोरी खोजेर के पाइन्छ ।
आफ्नै घरको मझेरी खनेर के पाइन्छ ।

घर बलियो बनाऊअनि सम्हाल परिवार
छिमेकिसँगसिँगौरी खेलेर के पाइन्छ ।

आफ्नै पहिरन नै सुहाँउछ तिमीलाई
परदेशीको जडौरी लाएर के पाईन्छ ।

शहर सुनसानभयो वस्ती उजाड भयो
तिमीले मात्र घडेरी जोडेर के पाइन्छ ।

सबैभन्दापवित्र सेवा राजनितिहो
राजनिति मै फोहरी बनेर के पाइन्छ ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।