कोरोना जितेको अनुभव
कपन अनलाइन
काठमाडौं ,कार्तिक ६/ गोविन्द विक
कोरोना पोजेटिभ भएपछि होम सोलेसनमा बसियो । मेरो परिवार अतिआवश्यक सामग्री किनमेल गर्न बजार जानुपर्ने त छदैथियो । यस समयमा नगरपालिकाबाट परिवारलाई वाहिर नजानु, संक्रमितबाट जोगिन स्वास्थ्य मापदन्डको बारेमा, स्वास्थ्य प्रटोकल पालना गर्ने लगायतबा कुनैपनि जानकारी दिने कार्य भएन । आफै सुनेबुझेको भरमा प्रिकसन अपनाएर परिवारले मलाइ व्यवहार गर्दै रहयो । भलै मलाइ समस्या त भएन किन कि नेपाल मेडिकल कलेजका ल्यावटेक्नीसियन सन्जय आचार्य मेरा मित्र थिए जसले मलाई आवश्यक परामर्श दिने र मनोवल उच्च पार्नका लागि हौसला दिने काम गरिरहे ।
यसैक्रममा होलिस्टीक हरब प्रा लि द्धारा उत्पादित आयुवेर्दिक औषधी भिटामिन सि इम्युनिटी बुस्टर, रेड रिस्सी, इस्पाइरुलिना भिटालिटी, यार्सा भिगोर, भास्कर प्रा लि द्धारा उत्पादित इम्युनो प्लस विहान बेलुका नियमित सेवन गरियो साथमा काजु बदम पनि थियो । गुर्जो, दालचिनी, वेसार, तुलसाको पत्ता, ज्वानो, अदुवा, लसुन राखेर पकाएको पानी दिनमा तीन पटक खाए दिनमा तिन पटक तितेपाती र सन्चो राखेर नियमित वाफ लिइरहे । बेलुका सुत्नेबेला एक गिलास गाइको दुध र एक चम्चा बेसार नियमित रुपमा खाइरहे । विहान वेलुका व्यायम गर्न छोडिन ।
यसरी मेरा मित्रबाट नियमित रुपमा भएको परामर्श हौसला परिवारको सहयोगले सहज रुपमा कोरोना जितियो । नगरपालिकाको स्वास्थ्य शाखाले त दोस्रो टेष्ट गर्नुपर्दैन १४ दिन आइसोलेसनमा बसेको भने हामी पत्र दिन्छौ तपाइलाई सब ठिक हुन्छ भनेको थियो तर नेगेटिभ भएको रिपोट हातमा नभइ म बाहिर समाजमा नस्केर बस्न सक्ने अवस्था थिएन । त्यसैले दोस्रो टेष्ट आफ्नै ढिपीले गराएपछि रिपोट नेगेटिभ आयो ।
संक्रमणको समयमा आत्मबल बलियो बनाउनसहयोग अवश्य चाहिने रहेछ भन्ने महसुस भयो तर नगरपालिकाबाट खटाइएकाहरुबाट निगरानी अपेक्षित रुपमा नभए तापनि कोरोनाले आत्तिएको मन शान्त पार्ने आधार भनेको उनै मेरा मित्र सन्जय थिए ।
रातको समयमा पनि फोन गरेर मेरो अवस्थाको वारेमा जानकारी लिने गर्थे । जुन कार्यले मलाइ लाग्थ्यो यदि कोरोनाले सारै पारेपनि उनैले अस्पताल पुर्याइहाल्छन भन्ने विश्वास र भरोसा हुने गथ्र्यो । यदि मेरा अन्य परिवारका सदस्यलाई पनि पोजेटिभ देखिएको भए धेरैजनालाई कोरोना सरिसकेको हुने थियो । किनभने किनमेल गर्न बजार जानेक्रममा धेरैलाई सरिसकेको हुनेरहेछ यद्यपी नेगेटिभ आएपछि उक्त सम्भावना भएन । यस कार्यमा स्थानीय सरकार चुकेको अनुभव मैले गरे । संक्रमित देखिनसाथ चनाखो भएर स्थानीय सरकारले संक्रमितका परिवारलाई निगरानी गर्ने हो भने पनि संक्रमण फैलिन कम हुनसक्छ ।
होम लाइसोलेसनमा बसेका संक्रमितहरुका परिवारबाट नै संक्रमण थप फैलिरहेकोप्रति स्थानीय सरकारको लेखाजोखा कम भएको हो की भन्ने महसुस मैले गरे । वडाका वडा अध्यक्षसँग अलिक निकटता भएकोले आफै कल गरे उहाले कतिपनि चिन्ता नगर्न मनोबल उच्च पारेपछि कोरोना जितिन्छ केही परे स्थानीय सरकार तपाइको पछि छ कोभिडका लागि खटाइएको स्वास्थ्यकर्मीले तपाइलाई फलो गरिरहनेछन उनीहरुले तपाइलाई आएर भेटनेछन स्थानीय सरकारले होम आइसोलेसनमा बस्नेहरुका लागि फलफुल तथा आवश्यक औषधी खान केही सहयोग रकम उपलब्ध गराउने जानकारी गराउनु भयो ।
वडा अध्यक्षसँग कुरा भएपछि मन अलिक शान्त भयो । तर उहाँले भनेजस्तो कोभिडका लागि खटाइएका स्वास्थ्यकर्मीबाट कुनै फलोअप पनि भएन र कुनै सोधीखोजी गर्ने काम पनि भएन । मलाई समस्या त थिएन तर पनि म जस्ता धेरै संक्रमित होम आइसोलेसनमा यहि नगरभित्र होलान उनीहरुको अवस्था कस्तो होला भन्ने लाग्यो । होम आइसोलेसनमा बसेको समयमा कुनै जिज्ञासा भएमा अथवा कुनै आपतकालिन समस्या आएमा सम्पर्क गर्नका लागि संक्रमितलाई २४ सै घन्टा सम्पर्क हुने स्वास्थ्यकर्मीको फोन नम्बर उपलब्ध गराउनु पर्ने, दिनहु संक्रमितको स्वास्थ्य अवस्था जानकारी लिनुपर्ने, संक्रमितलाई स्वासप्रस्वासमा समस्या भए अथवा कुनैपनि आपकालिन परिस्थिती आएमा तत्काल एम्बुलेन्सको व्यवस्था गरी संक्रमितलाई कोभिड अस्पतालमा स्वास्थ्यकर्मीले नै पुर्याउनुपर्ने व्यवस्था संक्रमितको स्वास्थ्य निगारानी सम्बन्धी कार्यविधिमा उल्लेख छ तर पनि यो कार्यविधिको उचित कार्यान्वयन भएको मैले महशुस गरिन ।
यसरी संक्रमितहरुको हेरचाह तथा निगारानी गरेवापत सरकारले स्वास्थ्यकर्मीलाई प्रति संक्रमितको दरले भत्तासमेत दिने व्यवस्था गरेको छ । तर स्थानीय निकायका स्वास्थ्यकर्मीहरुले कार्यविधिमा तोकिए अनुसार संक्रमितको निगारानी गरेको मेरो अनुभवमा रहेन । सारै दुख लाग्यो सबैको घरमा छुट्टै टवाइलेट छुट्टै कोठाको व्यवस्था होला नहोला सरकारले मापदन्ड बनाइदिए भइहाल्छ । सुरुमा लक्षण नभएपनि पछि पनि लक्षण देखिन सक्ने रहेछ । मलाई त्यस्तै भएको थियो ।
पाच छ दिनपनि सुख्खा खोकी लाग्न थाल्यो । म कोरोनालाई जसरी पनि जितेरै छाडछु भन्ने आत्म बल बढाइरहे । नगरपालिकाबाट खटिने कोभिड फोकल परसनबाट कुनै फलोअप नभएपछि नगरपालिकाका मेयरसँग सम्पर्क गरे फोनबाट केही गुनासाहरु पोखे । उहाँलेनआत्तिकन बस्न र नगरबाट खटिएका स्वास्थ्यकर्मीहरुले तपाइलाई घरमै आएर भेटनेछन निगारानी गर्नेछन ढुक्क हुनु हामी सबै तपाइको पछि छौ भनेर केही सान्तवनादिनुभयो ।
उहाले भनेअनुसार पनि नगरबाट स्वास्थ्यकर्मीको फलोअप भएन नै आफैले फोन गर्दा पनि फोन नउठने । म आइसोलेट भएको सात दिनपछि घरमा आएर नगरपालिकाले उपलब्ध गराएको रकमसहित मन्जुरीनामा गराएछन । घरमा आउदा पनि मलाइ भेटन पर्दैन भनेर जानलागेको थाहापाइ मलाई निगरानी गर्ने मेरा मित्रले उनीहरुलाई भेटेर परामर्श गरी दुरी कायम गरेर संक्रमितलाई भेटी हौसला दिनुभयो भने संक्रमितको मनोबल थप बलियो बनाउन सहयोग पुग्छ भनेपछि दुरी कायम गरी भेट भयो ।
मेरा मित्रले उहाहरुलाई परामर्श नगरेको हुन्थ्यो भने उहाहरु ठिकै छ विरामीलाई भेटिरहनु पर्देन भनेर जान लागेको कुरा सुन्दा नमिठो मन भयो । नगरपालिकाबाट खटिने स्वास्थ्यकर्मीहरुले फिल्डमा नै गएर सबै संक्रमितहरुलाई भेटेर हौसला दिने र निगरानी गरे नगरेको अनुगमन गर्न जरुरी थियो ।संक्रमितलाई साथीभाइ छरछिमेक समाज परिवार सबैले हौसला दिएर आत्मबल बलियो बनाउने वातावरण सिर्जना गरिदिनु त छदैछ भने स्थानीय निकायबाट कोभिडको लागि खटिएका स्वास्थ्यकर्मीहरुको निगरानी र परामर्श पनि त्यत्तिकै आवश्यक छ कोरोनलाई जित्न