बुढानिलकण्ठ नगरपालिका वडा-३ निलोपूलको जुवाखाल बाट ५ जना पक्राउ

कपन अनलाइन

काठमाडौं ,कार्तिक ६।

बुढानिलकण्ठ नगरपालिका वडा-३ निलोपूलमा रहेको घरमा जुवातास खेलाउने घरधनी सहित ५ जनालाई महानगरिय प्रहरी प्रभाग बूढानिलकण्ठले  पक्राउ गरेको छ  । जुवाखाल बाट  पक्राउ पर्नेहरुमा एक महिला सहित ४ पुरुष रहेका छन्।

कार्तिक ३ गते  राती अन्दाजी ९ :४५ बजेको समयमा जिल्ला काठमाण्डौ बूढानीलकण्ठ न.पा. वडा नं. ३ निलोपुल स्थित घरमा जुवा तास खेली रहेको भन्ने प्राप्त खवरको आधारमा महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटी गएको टोलीले तास खेली रहेको अवस्थामा  ५  जना बाट    नगद रु १,४३,४५०।–(एक लाख त्रिचालिस हजार चार सय पचास रुपैया )सहित खेलमा प्रयोग गरेको १० बुक  तास बरामद गरिएको  बुढानिलकण्ठ प्रभाग प्रमुख ,प्रहरी निरिक्षक राजकुमार तामांगले जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।