हो उनी बौलाएकै हुन : छविरमण सिलवाल (कविता )

हो उनी बौलाएकै हुन : छविरमण सिलवाल (कविता )

कपन अनलाइन

काठमाडौं ,कार्तिक १।

पातकीहरूको जमातमा रहेर पनि
चोखै रहनु
आफ्नै तलवले अरूको सेवा गर्नु
घर गृहस्थी त्यागेर समाजकादुःखीहरूको सेवा गर्नु
सिङ्गो राष्ट्रलाई चासो नभएको कुरामा
एक्लै सबै त्यागेर कुदिरहेका उनी
बौलाह नै हुन् ।
लुटेराहरूको भिडमा रहेर
उनी लुटेरा बनेनन्
नाङ्गाहरूको देशमा बसेर
कपडा लगाए
चोर डाकाको माँझमा बसेर सज्जनभए
अनियी कसरी सज्जन हुन्छन्
त्यसैले उनीबौलाहहुन् ।
भ्रष्ट र दलालहरूलाई पालनपोषण नगरेर
उनीहरूको विरुद्धमा भोकै बसेर तमासा देखाउँने
संसारका मान्छेलाई भ्रष्टहरू चिनाउँनप्रयत्न गर्ने
गाउँमागाउँमागएर सित्तैमा ओखती बाड्ने
ठूलाबडाको नजरमा नझुकेर
उनीहरूको काममा टाग अड्याउँने
उनी सद्देमान्छे हुनै सत्तैनन्
त्यसैले उनीबौलाह नै हुन् ।
उनीबौलाहमात्रहोइनन
बाँदर पनिहुन्
आफ्नो पनि घर नबनाउँने
ठूलाबडाका घर पनिभत्काउँनखोज्ने
के गर्न खोजेका तिमीले डाक्टर के.सी.
फेसबुकेहरू तिम्रापक्षमालागे भन्दैमा
उनीहरूको एउटा रौं पनिझर्दैन्
दुनियाले जे सुकै भनुन
तर उनीहरूको नजरमा तिमीबौलाएकै हो
त्यसैले तिमी सद्दे मान्छे हुनै सक्दैनौ
बौलाह नै हौं ।
त्यसैले डा.के.सी.
तिम्रो त्यागको मुल्य
भूँईमान्छेहरूसम्म पुग्न
सदियौं लाग्न सक्छ
रगतको मूल्य,
जीवनको मूल्य र,
मान्छेको मूल्यभन्दा
यहाँधनदौलतअमुल्य छ
तर डा.के.सी.
ईश्वर सत्य हो
केही ढिलामात्र हो
तिम्रो साहसलाई सलाम
तिमीबौलाएको देख्नेहरूको ढुकढुकी
अब बन्दहुनै लागेको छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।