सोच : पेशलआचार्य (कविता )
कपन अनलाइन
काठमाडौं ,कार्तिक १।
सोच छ र जीवन छ
जीवन छ र त महानता छ
सपना छ र लगाव छ
लगाव छ र त सङ्घर्ष छ
यसैगरी मानव
क्रमशःमहामानव हुने हुन्
हामीलाई गाँस, बास, कपास
अलावा स्वास्थ्य, शिक्षा र सुरक्षा चाहिएको थियो
ढिटहरूले
कहिले भ्यू टावर भने
कहिले रेल र पानीजहाज भनेरै उड्किए
तिमीले सधैँ अस्पताल भन्यौं
तिमीले जहिले दुर्गममा मेडिकल कलजे गुन्गुनायौ
अहिले थाहा भयो होला नि
यी सबै सेसन्तरहरूलाई
अग्लो डाँडामा रहेको भ्यू टावरमा चढेर हेर्दा
कोरोना कहर बीच अस्पताल मात्रै देखिने रहेछन्
सोच नभएकाहरू सत्तामाजाँदा
र सोच भएकाहरू कहिल्यै सत्तामानहुँदा
तात्विक अन्तर के पर्दो रहेछ
यसपाली नेपालीहरूले
नबिर्सिने गरी बुझेका छन्
नमरुन्जेल सम्म पनि
कुनै गुरु थापेर बुझाइरहनु पर्दैन
न लाटालाई
न टाठालाई,
यी अहिले जो तिम्रा विरुद्ध छन् नि
यिनीहरू पनि मर्छन् एकदिन
तर यिनको मराइ
र तिम्रो मराइमा
आकास जमिनको अन्तर हुन्छ
योद्धा मर्दा देश रुन्छ
र युगले आशौच बार्छ
गद्दारहरू मर्दा
स्वास्नी रुन्छे
र उसको छोराले मात्र बरखी बार्छ,
देखेर, पढेर, हेरेर भन्दा
भोगेर जानिने गुढ रहस्य
मानिस कहिल्यै भुल्दैन
डा.गोविन्द केसी यस मानेमा
तिमी गरिबका साथ छौ
तिमीनुहनेका माथ छौ
हजारमा एक मात्रनभएर
तिमी लाखमा एक हौ
शततःनमन छ तिमीलाई
महान् श्रद्धा छ तिमीप्रति
मानिसहरूले
भनुन तिमीलाई
फक्कड
जोगी
कङ्गाल
र एकलकाँटे
तर तिम्रो
सबैभन्दा ठूलो सम्पत्ति नै सोच हो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक