रानीपोखरीको पुनर्निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)
कपन अनलाइन
काठमाडौं, असोज ६। भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको रानीपोखरीको निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।लकडाउन र निषेधाज्ञा बीचमा पनि तीव्र गतिमा काम हुँदै आएको छ । रानीपोखरी निर्माणको काम सकिएर अहिले फिनिसिङको काम भइरहेको छ ।एक समय पानी नभएर कुरुप चौरमा परिणत भइसकेको रानी पोखरी फेरि लोभलाग्दो देखिएको छ ।२०७२ माघ २ गते भूकम्प दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले यसको पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् ।
दशैँ अघिनै सम्पूर्ण काम सक्ने तयारी भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अहिले फिनिसिंङ हुदैछ । पोखरी क्षेत्रमा दुईवटा बोरिङ जडान गरिएका छन् । बोरिङ चलाउन ‘थ्री फेज’ विद्युतको लाइन जोडिएको छ । अहिले भने पोखरीमा मेलम्चीको पानी भर्न थालिएका छ । रानीपोखरीको पुर्ननिर्माण गर्दा पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर शिखर शैलीमा निर्माण गरेको छ । यो शैली १९९० सालको भूकम्पअघि थियो ।सो भूकम्पले भत्काएपछि डोम शैलीमा मन्दिर पुर्ननिर्माण गरिएको थियो । जुन २०७२ सालको भूकम्पले भत्कियो ।अहिले पनि शिखर शैलीमा पुर्ननिर्माण भएको हो ।
रानीपोखरी निर्माणको काम सकिनलागे सँगै यस वर्ष पनि तिहारमा बालगोपालेश्वर मन्दिरको प्रयोग गर्न पाइने भएको छ । उक्त मन्दिर हरेक वर्ष तिहारमा भाइटीकाको दिनमात्र सर्वसाधारणको लागि खुला गरिने गरिन्छ । यस मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले भाइटीका लगाइदिने चलन छ । भूकम्पपछि पुर्ननिर्माण ढिलाई हुँदा लगातार ६ वर्ष यो मन्दिरमा भाईटिका लगाइदिन पाएका थिएनन् ।
कपन अनलाइनका लागि सरोज बस्नेतले कैद गरेका तस्बिरहरु :