गजल :शिबहरी खतिवडा

गजल :शिबहरी खतिवडा

कपन अनलाइन

काठमाडौं ,असोज ३ ।

जहाँ पनि आफ्नै सम्धी अनि सालो कैलेसम्म ?
नेपालको राजनितिमा सधैँ भैचालो कैलेसम्म ?

अब पनि कृषि गरेर आत्मनिर्भर होला झै लागेन !
खेतबारिमा त्यही पुरानो कुट्टो कोदालो कैलेसम्म ?

तिमिहरूलाई चाइ दिनमा ३ जोर महँगो कपडा !
त्यो गरिब जनतालाइ लगौटिको टालो कैलेसम्म ?

अब त राष्ट्रपति ,प्रधानमन्त्री जनताले चुन्नुपर्छ !
हरूवाहरूको मनपरी आलो पालो कैलेसम्म ?

इन्जिनियरहरूप्रती पनि शंका जाहेर गर्न मन छ !
नेपालको बाटो सबै घुम्ती र ओरालो कैलेसम्म ?

अमेरिकामा सबै समान छ विभेद छैन सुनेको थे
गोराहरूको हातबाट मर्ने मात्र कालो कैलेसम्म ?

सहजताले सरकारी अफिसमा काम कैले हुन्छ ?
जता गयो अल्झाउने माकुराझैँ जालो कैलेसम्म ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।