असोज १ गते टोखा नगरपालिकामा ५९ जना संक्रमित थपिए
कपन अनलाइन
काठमाडौं ,असोज २। नविना श्रेष्ठ /शोभा तामाङ
टोखा नगरपालिका भित्र असोज १ गते सम्मका संक्रमित सख्या ५८० पुगेको छ। हिजो थप भएका महिला सख्या २५ जना रहेको र पुरुष सख्या ३४ जना रहेका छन् भने होम आइसोलेसनमा ४९ जना र अस्पतालमा १० जना रहेका छन्। संक्रमित सख्या ५९ जना पुष्टि भएको छ। टोखा नगरपालिका मा जम्मा संक्रमित पुरुष सख्या ३४६ जना र महिला सख्या २३४ जना रहेका छन्।
सकृय संक्रमित सख्या भने ३१२ पुगेको छ।२६५ जना कोरोना भाइरस लाई जितेर घर फर्किसकेका छन्। मृत्यु हुनेको सख्या वडा नं- ४ मा १ जना, वडा नं -६मा १ जना, वडा नं-९ मा १ जना गरी मृत्यु हुनेको संख्या ३ पुगेको छ। सकृय संक्रमित मध्ये होम आसोलेसनमा २३० जना रहेको र अस्पतालमा ८० जना रहेका छन्।
टोखा नगरपालिकामा सकृय संक्रमित सख्या जम्मा ३१२ जना रहेको र संक्रमित लाई जितेर निको भई २६५ जना घर फर्की सकेका छन्। टोखा नगरपालिका का उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्। टोखा नगरपालिका तिलिङटार मा. वि स्कूलमा वडा नं ७ मा ६२ जना र वडा नं २ मा ९४ जना गरी जम्मा १५६ जना को कन्ट्याक ट्रेसिङ मा PCR परीक्षणका लागि स्वाब संकलन गरिएको छ।
CICT Team ले ५९ जना थप संक्रमित हरुको case Investigation गरेको छ। टोखा नगरपालिका प्राथमिक स्वास्थ्य केन्द्रमा ३ जना थप संक्रमित भर्ना भएका छन् भने १ जना निको भई घर फर्की सकेका छन्। हाल प्राथमिक स्वास्थ्य केन्द्रमा २८ जना संक्रमित आइसोलेसनमा रहेको टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकी छन्।
टोखा नगरपालिका को विवरण अनुसार संक्रमित सख्या वडा नं-१मा १९जना, वडा नं-२मा २२ जना, वडा नं-३ मा ५८ जना, वडा नं-४ मा ३८जना, वडा नं -५ मा ६४ जना, वडा नं-६ मा ६५ जना, वडा नं-७ मा ६५ जना, वडा नं-८ मा ५८ जना , वडा नं-९ मा ३९जना, वडा नं-१० मा ५१ जना वडा नं-११मा ४६ जना र अन्य मा ६३ जना गरी जम्मा ५८० जना रहेका छन।
(नविना श्रेष्ठ /शोभा तामाङ सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।