हाइकुहरु : वैरागी जेठा
कपन अनलाइन
काठमाडौं ,भाद्र २७ ।
१. फलामे बास
शिशिरको शरीर
मुकुक वर्ग ।
२. शीतका दाना
बद्रीफूल झार्दछे
बलेसीभरि ।
३. झोपडी बाल्छ
विज्ञानको राँकोले
चमेली आँसु ।
४. आशा हरायो
धेरै फुर्कियो आज
दशा पाकेर ।
५. भीर पाखोमा
सुसाउँदै डुलेर
विछोड गर्छ ।
६. मर्छु कि गर्छु
भन्दा भन्दै जीवन
ढल्छ मैदान ।
७. आदर्श घाम
बटारिँदै उठेर
नम्रता ध्वस्त ।
८. खोलाको दृष्टि
अचेल हाम्रा गीत
एउटी चरी ।
९. इतिहासमा
टेकी रोइरहेको
शिशिर गधा ।
१०. लाग्छ मलाई
ग्रीष्मको एकरात
फर्किन्न अब ।
११. मान्छेका भीड
नदीझैँ उम्लिएर
शहर भित्र ।
१२. चेतना युक्त
घाम कहिले लाग्ला
मेरो छातीमा ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।