बुढानीलकण्ठ नगरपालिकामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि
कपन अनलाइन
काठमाडौं ,भाद्र २१।
बुढानीलकण्ठ नगरपालिकामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज प्राप्त नतिजा अनुसार वडा नं ३ नारायणस्थान ११ वर्षिया एक पुरुष, ९ वर्षिया एक महिला र १३ वर्षिया एक महिलामा कोरोना संक्रमण देखिएको छ भने वडा नं ४ पासिकोट ४२ वर्षिया एक पुरुष, २७ वर्षिया एक महिला र १८ वर्षिया एक महिलामा संक्रमण देखिएको छ।
भाद्र २१ गते वडा नं ८ गोल्फुटारट ४३ वर्षिया एक महिला, ४९ वर्षिया एक पुरुष, हात्तिगौँडा ४८ वर्षिया एक पुरुष र बास्केटवल ३७ वर्षिया एक पुरुषमा र वडा नं ९ मण्डिखाटारका ५० वर्षिया एक पुरुषमा पनि संक्रमण देखिएको छ।
त्यस्तै वडा नं १० बालुवाखानीबाट १९ वर्षिया एक पुरुष, मिलनचोककी ४८ वर्षिया एक महिला र निलोपुल ३९ वर्षिया एक महिला र वडा नं ११ पैयाटार २७ वर्षिया महिलामा कोरोना संक्रमण देखिएको छ।
बुढानिलकण्ठ नगरपालिकामा हालसम्म कोरोना संक्रमणबाट निक हुनेको संख्या ८१ रहेको छ भने सक्रिय रहेका व्यक्तिको संख्या १८० जना रहेका छन्।
भाद्र १७ गतेका दिन बूढानीलकण्ठ वडा नं ३ मा रहेको स्वास्थ्य चौकीमा नजिकका सम्पर्कमा रहेका र जोखिम वर्गमा पर्ने २४४ जना व्यक्तिहरुको स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएका मध्ये २०१ जना व्यक्तिहरुको नतिजा नेगेटिभ र १७ जना व्यक्तिहरुको नतिजा पोजेटिभ रहेको छ।
साथै मिति २०७७ भाद्र १९ गतेका दिन वडा नं ९ को वडा कार्यालय र वडा ११ को वडा कार्यालयमा संकलित कुल २०३ जनाको स्वाब टेकु प्रयोगशालामा पठाइएका मध्ये हालसम्म ७६ जनाको नतिजा नेगेटिभ प्राप्त भएको नगरपालिकाको जनस्वास्थ्य शाखाले जानकारी दिएको छ।