कोरोनावाली तिज : ग्याल्बो साम्देन तामाङ (कविता )

कोरोनावाली तिज : ग्याल्बो साम्देन तामाङ (कविता )

कपन अनलाइन

काठमाडौं ,भाद्र २० ।

यसपालीको तिजमा, कोरोनाले गर्दामा,
भाइले लिन आएन, माइत जान पाएन,
घरमा आमा सम्झि मलाइ रून्छिन् बरीलै,

दाजु फोन गरेर, नआउनु रे माइत नि
कोरोनाले बाँचे भने, नाँच्ने गाउने अर्को साल
यताउति ननिस्किएर, घर भित्रैबस बरिलै ।

यता सासु कराउँछिन, बरू माइत जाऊ भन्छिन्
पु¥याइदिनु भन्दानि, छोरोचैंले सुन्दैनन्
लकडाउनले बाटो छेक्यो, माइत जानै पाइन् बरिलै

लालाबाला कराउँछन्, मामाघर जाउँ भन्छन्
बाबालेनि फोन गरी, रूखोसुखो खाउँ भन्छन्
कोरोनाले यसपाली त, मा¥यो बरिलै ।

चिन्ता लिन्छन् ससुरा नि, भकारी खालि भयो रे
सबै बस्छन् भात खान्छन्, आम्दानी क्यै छेन रे
कोरोनाले काम सबै बन्द बरिलै ।

भात खान्छन्, सुत्छन् बुढा निकाशा नि भा’छैन
माइतीको मुख देख्या छैन, मुख फेर्न नि पा’छैन
वर्षा लाग्यो बाटो छेक्यो, बाढी खोला पहिरो बरिलै

यति लाग्यो उति म¥यो, भनि फुक्छन् सरकार
रोग बढ्दै गयो देशमा, मनमा खेल्छ तर्कना
यसपालीको तिज, त्यसै खेर गयो बरिलै ।

सुत्दाबस्दा तन्ना चोलो, फरिया नि च्यातियो
काम छैन दाम छैन, गहना नि बेचियो
जोरीपारी आँखा तर्छन, कान मेरो बुच्चै बरिलै !

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।