साहित्यिक जङ्गल : वैरागी जेठा
कपन अनलाइन
काठमाडौं ,भाद्र २०।
म, साहित्यिक जङ्गलमा छु
घनघोर जङ्गलको बीचमा
जोखिम मोल्दै यात्रा
जङ्गलमा फैलिएका जुकाहरू
निर्मम टोकीरहेछन्,
कविताको गिरि चढ्ने शिलशिलामा
लेऊ नै लेऊ लागेको बाटो छिचोल्न
माउत्सेहरूको पाइला सुँघेर
काव्यीक टाकुरा छिचोल्न
साहित्यिक जङ्गलमा छु
निरंकुश,
फटाहा जालीहरूको जराहरू
नाघेर अघि बढ्न
मानसिक पीडाको भारी बोकेर
साहित्यिक धरहरा
यतिखेर उक्लिरहेछु ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।