गजल : विष्णुहरि भण्डारी
कपन अनलाइन
काठमाडौं ,भाद्र २०।
बिहिबार जन्मनेको नाम सिधै बिरे हुन्छ
नपत्याए हेलम्बुको तामाङ्ग बस्ति छिरे हुन्छ ।
के दलित के जनजाति पौरखमा विश्वास गरौं
आफ्नो हातमा नगद भए संसार घुमे फिरे हुन्छ ।
निम्छरोले राम्रै झोला भिरे पनि खिसि गर्छन्
तालि पाउन खान्दानिले त्यहि झोला भिरे हुन्छ ।
खाडि छिर्ने नौजवानको सहि सदुपयोग भए
एक दशकमै कान्तिपुरमा सुनौलो मिरमिरे हुन्छ ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।