गजल : तिलक पोखरेल

गजल : तिलक पोखरेल

कपन अनलाइन 

काठमाडौं ,भाद्र १४।

पात्रो फेरियो साल फेरियो केही नापेन
एकपछि अर्को मिति मेटियो केही नापेन

अहिलाएको फूल झुन्डिएको बोटमा
रक्षक काँडा आलै थियो केही नापेन

मन फाट्नु फाटेको बुझ्दा बुझ्दै पनि
घरमा भएको धागो सियो केही नापेन

कठै तिम्रो हालत भनी विस्मय जनाउँदै
वृद्धि मिलाई तमसुक दीयो केही नापेन

तरक्कि कसरी हुन्छ गरिबीको आजकल
मर्नु न बाँच्नुमा मात्र उभियो केही नापेन !

(सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक )

तपाइँको प्रतिक्रिया ।