पी. सी.आर परिक्षणको रिपोर्ट नआउन्जेल होम क्वारेन्टाइनमा बस्न शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठको अनुरोध
कपन अनलाइन
काठमाडौं,भाद्र ३।शंखरापुर नगरपालिकाका प्रमुख सुबर्ण श्रेष्ठ होम क्वारेन्टाइनमा बसेका छन। नगरपालिकाका एक कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिए पछि कन्ट्याक्ट् ट्रेसिंग क्रममा मंगलबार पि.सि.आर. परिक्षण गराएर होम क्वारेन्टाइनमा बसेको मेयर श्रेष्ठले जानकारी दिए । पि.सि.आर. परिक्षण गराए पछि सम्भाबित जोखिम लाई ध्यान दियर अनिबार्य रूपमा होम क्वारेन्टाइनमा बस्नु पर्ने नगरपालिकाको निर्णय अनुसार होम क्वारेन्टाइनमा बसेको उनले बताए ।
गत साता नगरपालिकाले पि.सि.आर. गरिएकाहरु खुलेआम बाहिर घुमेर हिंडन थाल्दा शंखरापुरमा कोरोना भाइरस संक्रमण समुदाय स्तरमा फैलिएर महामारी निम्त्याउन सक्ने जोखिम रहेकोले अनिबार्य होम क्वारेन्टाइनमा बस्नु पर्ने निर्णय नगरपालिकाले गरेको बताउदै पिसी आर गरेकाहरुलाई परिक्षणको रिपोर्ट नआउन्जेल होम क्वारेन्टाइनमा बस्न समेत उनले अनुरोध गरेका छन । त्यसैगरि शंखरापुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ र वडा नं. ७ का वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ पनि अहिले होम क्वारेन्टाइनमा बसेका छन।
उनिहरु दुबैले मंगलबार पि.सि.आर.परिक्षण गराएका थिए । नियम सबैलाई बराबर हुने र नियम बनाउनेले पनि नियम पालना अनिवार्य गर्नुपर्ने बताउदै रिपोर्ट नआए सम्म होम क्वारेन्टाइनमा बस्ने वडा नं. ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले जानकारी दिए । मंगलबार पि.सि.आर. गराएकाहरुको बाहिर घुमेर हिडेको देखेमा वडामा खबर गर्न वडा नं. ७ का वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठले आग्रह गरेका छन् ।
कोरोना भाइरस संक्रमितको परिवार जनप्रतिनिधि र नगरपालिका कर्मचारीहरु गरि४८ जनाको इन्द्रायणी स्थित प्रस्ताबित नगर अस्पतालमा साँखु स्वास्थ्य चौकीमा ९० जनाको कन्ट्याक्ट् ट्रेसिंग गरि पि.सि.आर. परिक्षण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद चापागाईंले जानकारी दिदै परिक्षण गरिएका सबै होम क्वारेन्टाइनमा बस्न भनिएको जानकारी गराए ।