चार मुक्तक : योमिन् रुचाल
कपन अनलाइन
काठमाडौं भदौ २७।
जति झुकाए पनि शिर कहिले बुझिनौं
मेरो दुःख पछिको पिर कहिले बुझिनौं
सधै एउटै कुराले सताउँने भयो मलाई,
यो मनको कुरा आखिर कहिले बुझिनौं ।
जिन्दगीले झन झन एक्लो पारी रहेको छ
यो मनले पनि भित्र भित्रै हारी रहेको छ
म नै दोषी हु कि मेरो भाग्य दोषी छ र,
जति चोट खाए पनि स्वीकारी रहेको छ ।
जिन्दगी संग नि गुनासो गर्ने दिन आउला
आँखा बाट आँसु हरू झर्ने दिन आउला
तिम्रो आफ्नो छुटे पछि बल्ल थाहा हुन्छ,
तिम्लाई पनि म झै एक्लो पर्ने दिन आउला ।
भोक निद्रा खुन पसिनाको पानी बेचिँदै छ
यहाँ प्रदेशमा युवा हरूको जवानी बेचिँदै छ
तिमी ठूला कुरा गरि बस् देश चलाउँछु भन्ने,
उता विदेश पठाउन अझै राहदानी बेचिँदै छ ।
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
