आखिर के नै रहेछ र जिन्दगी : पर्वत राज रखाल ( कविता )
कपन अनलाइन
काठमाडौं भदौ २७।
हरपल, हरसमय, हरघडी,
आखिर के नै रहेछ र जिन्दगी !
यहाँ दुःख र पीडाकै आँधी चल्ने रहेछ,
भ्रमको दियो मनमा बल्ने रहेछ ।
आखिर के नै रहेछ त बोझ भनी,
तब मात्र बुझेँ मैले ए जिन्दगी !
जब पानीमा तैरिएको लास देखेँ, तब बुझेँ–
बोझ त एकमुठी सास पो रहेछ जिन्दगी !
मनमा प्रश्न उठ्थ्यो, के हो भनी जीवन ?
अहिले बुझ्दै छु, ए निष्ठुरी संसार !
पानीको फोकाजस्तै मेटिई जाने,
एक क्षणिक खेल पो रहेछ यो जीवन ।
सास र शरीरको सम्बन्ध पनि,
सियो र धागोजस्तै रहेछ यहाँ,
बुझ्दै जाँदा त नुनबिनाको
तिहुनजस्तै पो रहेछ जिन्दगी यहाँ ।
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
