चार मुक्तक : नानु राना थापा

चार मुक्तक : नानु राना थापा

कपन अनलाइन
काठमाडौं भदौ २७।

तहस–नहस बनाईदियो, आयो उर्लिएर बाढी
बाड्न पाए कस्तो हुन्थ्यो दुःख आधी आधी
समयको घनले हान्यो प्रकृति नै डगमगायो,
के के गर्छु भन्ने थियो धोको जानुप¥यो छाडी ।

हृदयमा पिडा भरिए पछि मुहारमा हासो छैन
म¥यो कि बाच्यो भनेर कसैलाई चासो छैन
आफ्नै भाग्य र समयले ठगिएको म मान्छे,
ठीकै छ भाग्य नै यस्तो, मेरो कुनै गुनासो छैन ।

सोचेको थिएँ रगतको नाता बलियो गाँसेको छु
मन रोए नै पनि अरूको सामु सधैँ हाँसेको छु
नसोध्नू आफन्तहरूले उपेक्षित गरेको पीडा,
आफ्नाको साथ नपाए पनि खुशीले बाँचेको छु ।

नराम्रोसित दुख्छ मन आफ्नाले आफ्नो नगन्दा
हृदय छिया परेको छ आँतैको पनि पराई बन्दा
फोन उठाएँ तर क्षणभरमै चकनाचूर भयो खुशी,
झुक्किएर हो फोन फलानोलाई गरेको हो भन्दा ।

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।