कागेश्वरी मनोहरा नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रित कार्यपालिका बैठक सम्पन्न

कागेश्वरी मनोहरा नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रित कार्यपालिका बैठक सम्पन्न

कपन अनलाइन

काठमाडौं, भाद्र ३।  कागेश्वरी मनोहरा  नगरपालिकामा मंगलबार   कार्यपालिका बैठक सम्पन्न भएको छ ।नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा सम्पन्न उक्त ५५ औं बैठक कोरोना संक्रमण न्यूनीकरण तथा रोकथाममा केन्द्रित भएको नगर प्रवक्ता राजाराम पुडासैनीले कपन अनलाइनलाइ जानकारी दिएका छन  ।

उनले सो बैठकबाट निम्न निर्णय भएको पनि जानकारी दिए ।

१) सुरक्षित हुन अनिवार्य मास्क प्रयोग गरौ , कागेश्वरी मनोहरा नगरपालिका भित्र कोरोना संक्रमण नियन्त्रणगरौ भन्ने मूल नारालाइ सार्थक बनाउन कागेश्वरी मनोहरा नगरपालिका भित्र मास्क प्रयोग नगरी हिडडुल गर्न पूर्ण रुपमा निषेध  गर्ने अटेर गरेमा कानुनी कारवाहीको दायरामा ल्याउने ।

२ ) हरेक वडामा  रहेका टोल सुधार  समिति, सामाजिक संघ संस्थालाइ वडा कार्यलयको समन्वयमा वडा भित्र रहेका बिभिन्न  बस्तीमा कोरोना  संक्रमण नियन्त्रणका लागि सक्रिय गराउने। वडामा केहि संक्रमित भेटिए वा सो रोग सम्बन्धि लक्षण देखिएमा  नगर स्वास्थ्य शाखा संग समन्वय  गरि स्वास्थ्य सुरक्षा र उपचारको व्यवस्था  गर्ने।

३) कागेश्वरी नगरपालिका भित्र २०७७ साल बैशाख  १ गते देहि २०७७ श्रावण ७ गते  सम्म १० जनामा कोरोना पोजेटिभ पुष्टि भएको र सार्वजनिकयातायात  संचालनमा आए पश्चात संक्रमितको संख्यामा बृद्दि भई  भाद्र २ गते सम्म ६० जना  संक्रमित पुगेको हुँदा तत्काललाइ २०७७ भाद्र १५ गते सम्म कागेश्वरी नगरपालिका भित्र संचालनमा रहेका सम्पूर्ण सार्वजनिक  यातायात बन्द गर्ने ।

४)  नगर बासीका लागि आवश्यक आपतकालीन  सेवा सम्बन्धित  वडा अध्यक्ष संग मोबाइल सम्पर्क गरि प्राप्त गर्न  सकिने हुँदा  वडा कार्यलय  तथा नगरपालिकाको विपद  र स्वास्थ्य  संग सम्बधित काम बाहेक अन्य सेवा पूर्ण रुपमा बन्द गर्ने ।

५) कपाल काट्ने सैलुन र ब्युटीपार्लर,चियापसल, फेन्सी स्टोरतथा कपडा पसल मोबाइल ,घडी, इलेक्ट्रोनिक पसल, भाडाकुडा पसल  , मदिरा पसल मेकअप  समान बेच्ने पसल, बुटिक पसल,सुनचांदी पसल ट्युसन सेन्टर, ठेलागाडा  र कवाडी संकलन रेस्टुरेन्ट (प्याकिंग मात्र पाउने) स्नुकर,मासु पसल, स्नुकर ब्यायामशाला (जिमखाना) , फुटसललाइ अर्को सुचना प्रकाशित नभए सम्मको लागि पूर्ण रुपमा बन्द गर्ने। साथै नगरपालिका भित्र संचालनमा रहेका वित्तीय कारोबार गर्ने बैंक तथा सहकारी संस्थाले आवश्यक स्वास्थ्य सुरक्षा अपनाई नियमित कार्य संचालन गरेको नदेखिदा संक्रमण फैलन बाट रोक्नको लागि अत्यावश्यककार्यमा निर्धारण गरि सेवा सुचारु  गराउन जानकारी गराउने ।

६) मिति २०७७ भाद्र १ गते नगरपालिकाको जनस्वास्थ्य आपतकालीन टिमको निर्णयको सिफारिसको  आधारमा प्रस्तावित नगर अस्पताललाइ आवश्यक स्वास्थ्य उपकरण  औषधी जनशक्ति  को व्यवस्थापन गरि कोरोना संक्रमण नियन्त्रणका लागि प्रभाबकारी ढंगले संचालन गर्ने  निर्णय भएको नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी गराए। साथै उनले बिगतमा जस्तै सो निर्णय कार्यन्वयनका लागि समबन्धित पक्ष ,आम नगरबासीको पूर्ण सहयोगको अपेक्षा गरेको बताए ।

तपाइँको प्रतिक्रिया ।