चम्पादेवी- ४ का सदस्य गणेश खत्रीको व्यक्तिगत खर्चमा जागेश्वर महादेब मन्दिरमा सोलार बत्ति जडान
कपन अनलाइन
काठमाडौं ,साउन २९।
ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ४ का सदस्य गणेश खत्रीले आफ्नो व्यक्तिगत खर्चमा जागेश्वर महादेब मन्दिरमा सोलार बत्ति जडान गरेका छन।मन्दिर क्षेत्रमा बत्तिको अभावमा अध्यारोको समस्या रहेको गुनासो स्थानीयहरुले गर संगै त्यसको समाधानका लागि सदस्य खत्रीले व्यक्तिगत खर्चमा ५५ वाट को सोलार बत्ति जडान गरेका हुन्।
सडक नजिकै रहेको मन्दिरमा बतिको अभावमा मन्दिर संगै आफ्नो मन पनि अध्यारो भएको आभास गरेकोले सो बत्ति जडान गरेको वडा सदस्य खत्रीले बताएका छन।
सो मन्दिरमा बत्ति जडान संगै अब भजन कृतन जस्ता कार्यक्रम गर्न सजिलो हुने बताउदै वडा नं ४ का एक युवाले वडा सदस्यलाई धन्यवाद दिएका छन।
तपाइँको प्रतिक्रिया ।