विनायक सिद्ध कलेज चावहिलले SEE Online Dance Competition 2077 आयोजना गर्ने

विनायक सिद्ध कलेज चावहिलले SEE Online Dance Competition 2077 आयोजना गर्ने

कपन अनलाइन

काठमाडौं ,साउन २९।

विनायक सिद्ध कलेज काठमाडौं -७ चावहिलले तिजको अवसर पारेर एसइइ अनलाइन नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ।

नेपाली कला र संस्कृतिको  उनन्नयको निरन्तरताका  तथा विद्यार्थीहरुमा रहेको प्रतिभालाई उजागर गर्न विगतको वर्षमा झैँ यस वर्ष पनि २०७७ सालको तिज विषेश कार्यक्रम अन्तर्गत SEE Online Dance Competition  2077 आयोजना गर्न लागेको हो  ।

उक्त कार्यक्रममा देशभरबाट SEE  सहभागीभएका सम्पूर्ण छात्राहरुले सहभागिता जनाउन सक्नेछन् ।सो  कार्यक्रममा सहभागी हुनका लागि विनायक सिद्ध कलेजको Facebook Page Like/follow  गरि त्यहाँ post  गरिएको google form  को link मा click गरि  form (https://bit.ly/33Y4ZKp) भरेर submit  गर्नुपर्नेछ ।

साथै फारम भरिसके पछि २०७७ भाद्र ३ गते भित्र विनायक सिद्ध कलेजको बिधुतिय ठेगाना [email protected]  कम्तिमा २ देखि ३ मिनेट सम्मको भिडियो   बनाई सहभागीको नाम, थर, विद्यालयको नाम र ठेगाना सहित पठाउनुपर्ने कलेजले प्रशासनले जानकारी दिएको छ।प्रतियोगीले भिडियो पठाउँदा तीजको गीतमा नै नृत्य गरेको हुनु पर्ने साथै गीतमा सुहाउँदो भेषभुषा पनि हुनुपर्ने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमलाई दुई समुहमा विभाजन गरिएको छ जसको  पहिलो समुहमा हाल SEE  दिएर  बसेका छात्राहरुले मात्र सहभागिता जनाउन सक्नेछन भने   दोस्रो समुहमा हाल विनायक सिद्ध कलेज +2 र Bachelor तहमा  अध्ययनरत विद्यार्थी छात्राहरुले मात्र सहभागी हुन पाउनेछन् ।

 दुवै समुहबाट प्रथम, द्वितीय र तृतीय हुने छात्राहरु २/२ जनालाई पुरस्कृत गरिने तथा  कार्यक्रममा सहभागी हुनका लागि कुनै पनि शुल्क लाग्ने छैन  ।

सो प्रतियोगिताको  निर्णायक मण्डलमा बरिष्ट नृत्य निर्देशक तथा बज्रयोगिनी म्युजिक तथा डान्स एकेडेमीका निर्देशक महेश गोदार, नृत्य निर्देशक तथा डि. डान भक्तपुरका सचिव चुडामणि फुयाल र नृत्य निर्देशक दक्षिणा लामा रहेका छन  ।

उक्त कार्यक्रमका विजेताहरुले क्रमशःप्रथम स्थान हासिल गर्ने छात्राले कक्षा ११ को अध्ययनमा 100  %  छात्रवृति  5000  नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गर्नेछन भने  द्वितीय स्थान हासिल गर्ने छात्राले 75  % छात्रवृति र  3000  नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गर्नेछन  । साथै तृतीय स्थान हासिल गर्ने छात्राले 50  % छात्रवृति र  2000 नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गर्नेछन  ।

कार्यक्रममा विजेताहरुको नाम तिजको दिन V .S  कलेजको Facebook  page मार्फत जानकारी गराईने बताउदै क्याम्पस प्रमुख रामकृष्ण सिंखडाले   कार्यक्रममा सहभागीहुने सम्पूर्ण विद्यार्थीहरुलाई शैक्षिक सत्र 2077/78  को भर्ना गर्दा मासिक शुल्क बाहेक सम्पूर्ण शुल्कमा ७५ %  छुट हुने साथै कार्यक्रममा सहभागीहरुलाई  प्रमाण पत्र प्रदान गरिने जानकारीदिएका छन।

तपाइँको प्रतिक्रिया ।