कागेश्वरीका १० जना कोरोना जितेर फर्किए : लक्ष्मी कोइराला (स्वास्थ्य शाखा सह संयोजक )
कपन अनलाइन
काठमाडौं श्रावण २९ । कागेश्वरी मनोहरा नगरपालिकामा हाल सम्म कोरोना संक्रमित २७ जना रहेको कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखा सह संयोजक लक्ष्मी कोइरालाले जानकारी गराएकी छिन्। उनले २७ जना मंध्ये १० जना पूर्ण रुपमा कोरोना निको भएको र १७ जना उपचारको क्रममा रहेको जानकारी गराएकी छिन ।
उनले जब सम्म हामी नागरिक आफ्नो आनिबानी मा परिबर्तन गर्दैनौ अनुशासित र सचेत हुदैनौ तब सम्म कोरोना नियन्त्रणमा आउन कठिन हुने भन्दै सरकारको मात्र प्रयास प्रयाप्त नहुने हुँदा नागरिकहरु पनि सचेत हुनु पर्नेमा जोड दिएकी छिन् ।कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै उनले पछिल्लो समय सरकारले लकडाउन हटाइसके पछाडि मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण बढ्दै गएको हुँदा संक्रमण कम गर्नका लागि एकअर्काबीच दुरी कायम गर्नु सबैभन्दा महत्वपूर्ण रहेको छ तर मानिसहरुको भिडभाड बढे संगै सामाजिक दुरी कायम गर्न उनले सबैलाई अपील गरेकी छिन ।
हामीले एकअर्काबीच दुरी कायम गरेर यो रोगको संक्रमणलाई धेरै हदसम्म रोक्न सक्ने बताउँदै उनले भनिन , ‘कम्तिमा एक मिटरको दुरी कायम गर्न सक्यौं भनेमात्र पनि जोगिन सकिन्छ । हामी आफै संक्रमित भए अरुलाई पनि संक्रमण बनाउन सक्छौं ।’भौतिक दुरी संक्रमण रोक्ने एक अचुक कडी भएको उनले बताइन । ‘यस्तै मास्कको प्रयोग अर्को सरल उपाय हो , यसले पनि संक्रमित व्यक्तिको सम्पर्कमा आइहालेमा रोक्न मद्दत गर्दछ,’ उनले भनं , ‘यस्तै अर्को सरल उपाय नियमित हात धुने पनि हो ।’ उनले विश्व स्वस्थ्य संगठनको मापदण्ड अपनाउन पनि अनुरोध गरेकी छिन ।