कोरोना प्रकोपका कारण गोकर्णेश्वर महादेव मन्दिर बन्द

कोरोना प्रकोपका कारण गोकर्णेश्वर महादेव मन्दिर बन्द

कपन अनलाइन

काठमाडौं ,साउन २६।

कोरोना प्रकोपका कारण गोकर्णेश्वर महादेव मन्दिर बन्द गरिएको छ। साउन महिनाको सोमवार महादेवको मन्दिरमा भक्तजनहरुको भिडभाड हुने भएकोले सोमवार बिहानै देखि सो क्षेत्रमा जनप्रतिनिधि ,सुरक्षाकर्मी र गोकर्णेश्वर -४ को विपद व्यवस्थापन समिति परिचालन गरिएको थियो।

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रवन्ध समितिले सुचना जारी गर्दै मन्दिर भक्तजनका लागि बन्द गरिएको जानकारी दिएता पनि भक्तजनको आउने क्रम बढे संगै वडा नं ४ का अध्यक्ष श्री कुमार श्रेष्ठ सहितको टोलीले आज मन्दिर क्षेत्रमा नै गएर सचेत गराउदै मन्दिर बन्द गरेको थियो ।

कोरोनाको प्रकोप र संक्रमितहरुको शंख्या बढिरहेको अवस्थामा पनि हेलचेक्राइ गर्दै धेरै मानिसहरु मन्दिर आउने क्रम रहदा जोखिम बढेको भन्दै मन्दिर क्षेत्रमा प्रवेस रोकिएको हो।

हिन्दु धर्मालम्बीहरुको पवित्र धार्मिक स्थलका रुपमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा जनै पूर्णिमाका दिन प्रवन्ध समितिकै केहि पदाधिकारी जनैको डोरो बाध्न बस्दा आलोचित बनेको कुरालाई ध्यानमा राख्दै अवका दिनमा त्यस्तो हुन् नदिन र स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै मन्दिर क्षेत्र बन्द गरिएको वडा नं ४ विपद व्यवस्थापन समितिका एक सदस्यले बताएका छन।

साउन २६ गते सोमवार बिहानै गोकर्णेश्वर महादेव मन्दिरमा दर्शन गर्न आएका भक्तजनहरु मन्दिर बन्द भए संगै बाहिर बाट दर्शन गरेर फर्किएका थिए। फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।