छोराछोरीका कुरा : छायाँदत्त न्यौपाने

छोराछोरीका कुरा : छायाँदत्त न्यौपाने

कपन अनलाइन

काठमाडौं ,साउन १० ।

“बाबा ! तपाईं समाचार सुन, देशको भूगोल, इतिहास, प्रकृति, कानुनी विषयमा जानकारी राख भन्नुहुन्छ तर समाचारमा त राम्रो कुरा केही
आउँदैन ।’ छोराछोरी एक मुखलाएर बोले ।
म अकमक्क परेर कनीकुथी होइन, केहीत्यस्ता घटना होलान् तर सडक उद्घाटन, अस्पताल निर्माण, खेलाडीले पुरस्कार पाएका दृश्य, ऊ हेर त विद्यार्थीले स्वर्णपदक थापेका ! राम्रो सिर्जनाका लागि साहित्यकारले पुरस्कार पाएको खबर पनि रहेछ । संसद् भवनमा सांसदहरू बहस गर्दै, भनेर चित्त बुझाउन बल गरेँ ।
अँ, होला, तपाईं भन्नुहुन्छ, हाम्रो साथीको बाले त कति ठुलो पुरस्कार पाउनुभो, उहाँलाई कसैले लेखक भनेर चिनेकै छैन । है नि ! त्यो पुरस्कार दिने संस्थामा उहाँले चिनेको मान्छे भएर मिलादिएको रे ! उहाँले भन्नू भा रे पुरस्कार थापेपछि नाम चलिहाल्छ नि पहिल्यै किन चिन्नुपर्यो  कसैले ?किताबको नाम पनि त अरुलाई  चाहिने कुरै हैन, त्यो इतिहासकारले खोजेर लेखिहाल्छन् रे !
तिमीहरूले सुनेको कुरा कतै भएको भए त राम्रो भएन तर यस्ता व्यक्तिका कुरा भन्दा समाचारमा आउने कुरा बढी भरपर्दा हुन्छन् । फेरि समाचारले तलमाथि भए अर्कोपटक सच्याएर दिन्छ । पुरस्कार त चिनेका मान्छेलाई दिइने कुरा होइन । यो त राम्रो कामको मूल्याङ्कन गरी उत्कृष्टलाई दिने हो नि कुरा बुझिराख ।
अँहोला, तपाईं मात्र यस्तो कुरा गर्नुहुन्छ ! ऊ त्यो ठुलो किराना पसलेले अस्ति राहत बाँड्ने बेलामा सबै सामान खाने मिति नाघेका पुराना बेचेका थिए । ल सुन्नु त कोरोना महामारीको बेलामा सरकारी मान्छेहरू कमिसनसँग खेलेर समयमा औषधीआइपुग्न दिएनन् । उता भ्रष्टाचारको आरोपमा कर्मचारी रङ्गेहात समातिए । खाने तेलमा मिसावट गर्ने उद्योगीलाई प्रहरीले हतकडी लाए । सुनकान्डका अपराधीले राजनीतिक संरक्षण पाए । हिजो त हामीले ठेकेदारले राजनीतिक बलले देशकै ठुलो विकास योजनाको ठेक्कापाए ।

कामअलपत्र छाडे पनि अरु कामओगट्दै छन्, राजनीतिक संरक्षण उनैले पाउँछन् । भनेको सुन्यौं । के यी बेथिति जसले जन्माउन सक्छ उहीँ ठुलो मान्छे हो र बाबा? यस्तै गरी काम बिगारेकाले झन् राम्रो अवसर पाए रे त ! हामीले समाचारबाट सिक्नुपर्ने यस्तै कुरा हुन् र बाबा?अथवा जसको भुँडी ठूलो छ, धेरै खान सक्छ, बाटबाटै हग्छ, उसले लाउने कपडा अरुले लाउने भन्दा एक मिटर बढीको हुन्छ त्यही मान्छे ठूलो हो ?बाबाले यस्तै ठूलो मान्छे बन्नहो हामीलाई ‘ठूलो मान्छे बन, ठूलो मान्छे बन’भनेर आशीर्वाद दिइरहनुभएको ?

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।