पूर्वी काठमाडौंमा नयाँ शहर निर्माणका लागि तिन नगरपालिकाको समझदारी
कपन अनलाइन
काठमाडौं ,साउन १०।
काठमाडौं जिल्लाको पूर्वी भेगमा नयाँ सुविधा सम्पन्न शहर निर्माणका लागि कागेश्वरी ,गोकर्णेश्वर र शंखरापुर नगरपालिकाका प्रमुखहरुले समझदारी गरेका छन।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं १,२,३ र ४, गोकर्णेश्वर नगरपालिका वडा नं १,२ र ४ र शंखरापुर नगरपालिका वडा नं ९ गरी जम्मा ८ वटा वडाको करीब २६ हजार रोपनी जग्गामा ब्यवस्थित बस्ति विकासका लागि बिस्तृत परियोजना प्रतिवेदन (DPR ) निर्माणका लागि कागेश्वरी मनोहराका प्रमुख कृष्णहरि थापा ,गोकर्णेश्वरका प्रमुख सन्तोष चालिसे र शंखरापुरका प्रमुख सुवर्ण श्रेठ विच समझदारी भएको हो।
सो क्षेत्रको जग्गा एकीकरण तथा स्थानीयहरु संग समन्वय तथा छलफल गरी बिस्तृत परियोजना प्रतिवेदन (DPR ) बनाउनका लागि कागेश्वरी नगरपालिकाले ५० प्रतिसत ,गोकर्णेश्वर नगरपालिकाले ३५ प्रतिसत र शंखरापुर नगरपालिकाले १५ प्रतिसत लगानी गर्ने सहमति गरिएको छ।
पुर्बी काठमाण्डौ नया शहरी बिकाश आयोजना (East Kathmandu New Township Development Project) लागु गर्नका लागि समिति गठनको प्रक्रिया शुरु गरिएको छ भने यसका विषयमा थप बृहत छलफल गरिने जानकारी दिइएको छ।