बुढानिलकण्ठ -२ पन्चकन्या मार्गमा असारे विकास :असार २५ मा पर्खाल निर्माण सम्झौता ३० मा सम्पन्न
कपन अनलाइन
काठमाडौं ,साउन १० ।
बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको पन्चकन्या मार्गमा असारे विकासको पछिल्लो नमुना देखिएको छ। काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य ,प्रदेस सभा सदस्य ,नगरपालिकाका प्रमुख ,उपप्रमुख ,वडाका जनप्रतिनिधि र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले पटक पटक सामाजिक संजालमा प्रचार गर्ने गरिएको सो मार्गमा ढुंगाको पर्खाल (Stone Masonary wall ) लगाउन केवल पाँच दिनको समय राखिएको छ।
उक्त आयोजनाले राखेको योजना सुचना पाटीमा सो पर्खाल निर्माणको सम्झौता मिति २०७७ शाल असार २५ गते रहेको छ भने योजना सम्झौता मिति २०७७ असार ३० गते रहेको छ।
दिन रात गरेर निर्माण गरे पनि सामान्यत ५ दिनको समयमा उक्त पर्खाल निर्माण गर्न नसकिने एक निर्माण व्यवसायी बताउछन। शुभकामना उपभोक्ता नया बस्ति उपभोक्ता समिति बुढानिलकण्ठ -२ ले निर्माण गरेको उक्त पर्खालको प्राविधिक इन्जिनियर राजेन्द्र श्रेष्ठ रहेका छन भने समितिका अध्यक्ष र सचिवमा क्रमस कुवेर अधिकारी र रमेस पाण्डे रहेका छन।
आठ लाख २ हजार ७७२ रुपैया १२ पैसा लागत रहेको उक्त पर्खाल निर्माणका लागि बुढानिलकण्ठ नगरपालिकाले ७ लाख रकम बिनियोजन गरेको थियो भने १ लाख २० हजार २७२ रुपैया १२ पैसा दायित्व बहन गरिएको थियो।