थाङपाल : ग्याल्वो साम्देन तामाङ (कविता)
कपन अनलाइन
काठमाडौं ,साउन १०।
दोर्जेलाम्पा हिमालको फेदीमा छन् थाङपाल ।
पाँचपोखरी शिर हाम्रो बाँसखर्क भण्डार ।।
बरुवा भोताङ भोटेनाम्लाङ जनजाति शानको ।
ऐतिहासिक गुन्सा हाम्रो थाङपलैको प्राण हो ।।
धाप, कोट लाँगर्चे सहिष्णुता धर्ममा ।
अन्नबाली फलफूल सपार्दछौं कर्ममा ।।
इन्द्रवती रक्तशिरा जडीबुटी विशाल ।
आमा थङरी च्योत्यो डाँडा गोन्पा धार्मिक स्थल ।।
कोणधारी एक्लो धुपी रातोपाण्डा डाँफेको ।
लालिगुराँस सेलोसँगै रम्ने खेल्ने मन यो ।।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।