अजिज फाउन्डेसन सहित विभिन्न संस्था द्वारा अपांगता भएका व्यक्तिहरुलाई टि शर्ट प्रदान
कपन अनलाइन
काठमाडौं ,साउन ५ ।
नेसनल फोरम फर एड्भोकेसी नेपाल (NAFAN), अजिज फाउन्डेसन , National Rehabilitation Society for the Disabled (NRSD) र Nepal Spinal Cord Injury Sports Association (NSCISA) को संयुक्त आयोजनामा ८० भन्दा बढी अपांगता भएका व्यक्तिहरुलाई Good Deeds Day को टिसर्ट प्रदान गरिएको छ ।
शनिबार Nepal Spinal Cord Injury Sports Association (NSCISA) को कार्यालयमा आयोजित उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा न ५ का अध्यक्ष नारायण सुवेधी, वडा नम्बर ६ का अध्यक्ष रमेश अर्याल, NSCISA का महासचिव सोनीका ढकाल, कोषाध्यक्ष लक्ष्मन मगर, NRSD का उपाध्यक्ष सुगम भट्टराई, NAFAN का उपाध्यक्ष भोला भट्टराई , अजिज फाउन्डेसन का अध्यक्ष सर्की ल्हमु शेर्पा र कार्यकरी निर्देसक रोशन भण्डारी तथा समाजसेवी राज चालिसे , कुसल खड्का लगायतका ८० जना भन्दा बढी व्हीलचियर प्रयोगकर्ता व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा टिसर्ट बाढ्ने मात्रै नभई सामाजिक संस्थाहरु बीच थप सम्बन्ध बिस्तार र अपाङ्गता भएका व्यक्तिहरुसंगको अन्तरक्रिया कार्यक्रम गरिएको NSCISA की महासचिव सोनीका ढकालले जानकारी दिएकी छन ।
२००९ देखि अपाङ्गता खेलकुदको विकासका लागि काम गर्दै आएको बताउदै ढकालले कोभिडका कारणले कार्यक्रम हुन नसके पनि अब चाडै नया कार्यक्रम गर्ने जानकारी दिएकी छन ।
कार्यक्रमा उपस्थितलाई स्वागत गर्दै गोकर्णेश्वर नगपालिका वडा ६ का अध्यक्ष रमेश अर्यालले विगतमा धेरै कार्यक्रमहरु सँगै गरेको र आउने दिनमा पनि सस्थाको लागि थप साथ् सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यस्तै वडा ५ का अध्यक्ष नारायण सुवेदीले सस्थाको कार्यक्रमका लागि आफ्नो वडाबाट सक्ने सबै खालको साथ सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गर्दै आयोजक संस्थाका प्रतिनिधिहरुले पनि आउने दिनमा अपाङ्गता खेलकुदको विकासका लागि आपसी छलफल र सहकार्यबाट अघि बढ्न थ सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए।
सो अवसरमा कपन भेट्रान क्लव का तर्फबाट अध्यक्ष पासाङ् ग्याजेन शेर्पाले शुभकामना तथा प्रगतीका सन्देश दिएका थिए ।