पि सी आर परिक्षणलाइ निरन्तरता दिदै बुढानिलकण्ठ नगरपालिका
कपन अनलाइन
काठमाडौं, साउन ५। बुढानीलकण्ठ नगरपालिकाले पिसीआर परिक्षणलाइ निरन्तरता दिएको छ।आइतबार १३ वटै वडाका कोरोना रोकथाम ,नियन्त्रण तथा राहत वितरण लगायतको कार्यमा खटिने ब्यक्तिहरुको पिसीआर परिक्षणको लागि स्वाब संकलन गरिएको हो। आइतबार बुढानिलकण्ठ नगरपालिका वडा नं १ देखि ९ भित्र करिब ५८ जना र बुढानिलकण्ठ वडा नं १० देखि १३ का १०० जना गरि कुल १५८ जनाको कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख कुमार प्रसाद दहालले जानकारी गराए ।
बुढानिलकण्ठ नगरपालिकामा हालसम्म आरडिटि किट मार्फत ७६४ जनाको परिक्षण गरिएको जसमा २४३ महिला र ५२१ जना पुरुष रहेका थिए । आरडिटि गरिएका कुल संख्यामध्ये ३४ जनामा आर डी टि पोजेटिभ देखिएको थियो जसमध्ये ९ जना महिला रहेका थिए।
त्यस्तै नगरपालिका भित्र कुल ३७६ जनाको आर .टि पिसिआर परिक्षण गरिएको जसमा महिला ८९ जना र पुरुष २८७ जना रहेका जानकारी गराउदै सो परिक्षणको क्रममा २ जना पुरुषमा कोरोना पोजेटिभ भेटिएको र उनीहरुको पनि उपचार पश्चात कोरोना मुक्त भएको पनि जानकारी गराए ।