अजिज फाउन्डेसन सहित विभिन्न संस्था द्वारा अपांगता भएका व्यक्तिहरुलाई टि शर्ट प्रदान

अजिज फाउन्डेसन सहित विभिन्न संस्था द्वारा अपांगता भएका व्यक्तिहरुलाई टि शर्ट प्रदान

 कपन अनलाइन

काठमाडौं ,साउन ५ ।

नेसनल फोरम फर एड्भोकेसी नेपाल   (NAFAN), अजिज फाउन्डेसन , National Rehabilitation Society for the Disabled (NRSD) र Nepal Spinal Cord Injury Sports Association (NSCISA) को संयुक्त आयोजनामा  ८० भन्दा बढी अपांगता भएका व्यक्तिहरुलाई Good Deeds Day को टिसर्ट प्रदान गरिएको छ ।

शनिबार Nepal Spinal Cord Injury Sports Association (NSCISA) को कार्यालयमा आयोजित उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा न ५ का अध्यक्ष नारायण सुवेधी, वडा नम्बर ६ का अध्यक्ष रमेश अर्याल, NSCISA का महासचिव सोनीका ढकाल,  कोषाध्यक्ष लक्ष्मन मगर, NRSD का उपाध्यक्ष सुगम भट्टराई, NAFAN का उपाध्यक्ष भोला भट्टराई , अजिज फाउन्डेसन का अध्यक्ष सर्की ल्हमु शेर्पा र कार्यकरी निर्देसक रोशन भण्डारी तथा समाजसेवी राज चालिसे , कुसल खड्का लगायतका  ८० जना भन्दा बढी व्हीलचियर प्रयोगकर्ता व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा  टिसर्ट बाढ्ने मात्रै नभई सामाजिक संस्थाहरु  बीच थप सम्बन्ध बिस्तार र अपाङ्गता भएका व्यक्तिहरुसंगको अन्तरक्रिया कार्यक्रम गरिएको  NSCISA की महासचिव सोनीका ढकालले जानकारी दिएकी छन ।

२००९ देखि अपाङ्गता खेलकुदको विकासका लागि काम गर्दै आएको बताउदै ढकालले   कोभिडका कारणले कार्यक्रम हुन नसके पनि अब चाडै नया कार्यक्रम गर्ने जानकारी दिएकी छन ।

कार्यक्रमा उपस्थितलाई स्वागत गर्दै  गोकर्णेश्वर नगपालिका वडा ६ का अध्यक्ष रमेश अर्यालले विगतमा धेरै कार्यक्रमहरु सँगै गरेको र आउने दिनमा पनि सस्थाको लागि थप साथ् सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यस्तै  वडा ५ का अध्यक्ष नारायण सुवेदीले  सस्थाको कार्यक्रमका लागि आफ्नो वडाबाट सक्ने सबै खालको साथ सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गर्दै  आयोजक संस्थाका  प्रतिनिधिहरुले पनि आउने दिनमा अपाङ्गता खेलकुदको विकासका लागि आपसी छलफल र सहकार्यबाट अघि बढ्न थ सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए।

 सो अवसरमा कपन भेट्रान क्लव का तर्फबाट अध्यक्ष पासाङ् ग्याजेन शेर्पाले  शुभकामना तथा प्रगतीका सन्देश दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।