साउन पछि निजि विद्यालय सरकारलाई जिम्मा लगाउछौ : एनप्याव्सन महासचिव सुवास न्यौपाने

साउन पछि निजि विद्यालय सरकारलाई जिम्मा लगाउछौ : एनप्याव्सन महासचिव सुवास न्यौपाने

कपन अनलाइन

काठमाडौं ,साउन ३।

सरोकारवाला तथा विज्ञहरुले निजी विद्यालयहरूले साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु तत्काल सुचारु गर्नुपर्नेमा जोड दिएका छन् ।

सो अवसरमा बोल्दै  एनप्याव्सनका महासचिव सुवास न्यौपानेले अनलाईन कक्षाहरु बन्द गरेर आफूहरुले अप्रिय निर्णय लिएको भन्दै यसलाई बाध्यात्मक परिस्थितिको रुपमा बुझ्न आग्रह गरेका छन् ।

उनले आफूहरुले विषम परिस्थितिमा पनि विद्यालय सञ्चालन गर्ने उद्देश्यले सरकारसँग सहुलियत मागेको सुनाउदै वैशाखबाटै आफूहरुले ‘भर्चुअल क्लास’ सुरु गरेको भएपनि अझै कतिपय शिक्षकहरु ‘टेक्नो–फ्रेण्ड्ली’ नभएको र ईन्टरनेटको एक्सेस राम्रो नभएकोले देशभरि प्रभावकारी नभएको स्पष्ट पारेका थिए  ।
उनले शिक्षक तथा कर्मचारीहरुको तलब खुवाउन नसकिएको अवस्था, सञ्चालन खर्च, घरभाडा र बैंकले ऋणको व्याज तिर्न गरेको ताकेताले आफूहरु समस्यामा परेको बताउदै यही समस्याहरु पार लगाउन सहुलियत दरमा ऋण उपलब्ध गराउन माग गर्न  अर्थमन्त्रीलाई पनि भेटेको   तर बजेटमा त्यो कुरा सम्बोधन नभएकोमा दुख व्यक्त गरेका थिए।
उनले आफूहरु शिक्षण सिकाईलाई निरन्तरता दिने पक्षमा नै रहेको जिकिर गर्दै  उनले भने,‘अतिरिक्त शुल्क लिँदैनौं । अहिले हामी बाँच र बचाऔं भन्ने अभियानमा छौं । तर, अब त हात उठाउनुबाहेक हामीसँग अर्को विकल्प छैन् ।’
उनले असारसम्मको तलब, भक्ता आफूहरुले जसोतसो व्यवस्थापन गर्ने तर साउनबाट केही पनि गर्न नसक्ने जिकिर गरे । उनले भने,‘साउन पछि सरकारको जिम्मा हो । असारसम्म हामी जे सक्छौं, त्यति गर्छौं ।’ उनले अहिलेको अवस्थामा वस्तुपरक विश्लेषण गर्दै निकास निकाल्नुपर्ने जोड दिएका थिए  ।

तपाइँको प्रतिक्रिया ।