निजि विद्यालयको आवस्यकता छैन भने राज्यले लिए हुन्छ : प्याव्सन महासचिव कुमार घिमिरे

निजि विद्यालयको आवस्यकता छैन भने राज्यले लिए हुन्छ : प्याव्सन महासचिव कुमार घिमिरे

कपन अनलाइन

काठमाडौं ,साउन ३।

सरोकारवाला तथा विज्ञहरुले निजी विद्यालयहरूले साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु तत्काल सुचारु गर्नुपर्नेमा जोड दिएका छन् ।

सो  कार्यक्रममा बोल्दै  प्याव्सनका महासचिव कुमार घिमिरेले आफूहरुले अनलाईन कक्षाहरु बन्द गरेकोमा दुःख व्यक्त गरे । उनले आफुहरुले राज्यसँग सहुलियत मागेको तर कुनै सुनुवाई नभएको गुनासो पोखेका थिए  ।

उनले निजी विद्यालयहरुले गत माघदेखि नै तलब नदिएको पाईए आफूहरुले कारबाही गर्ने प्रतिबद्धता जनाएका छन  । तर, कतिपय विद्यालयहरुले भने असारसम्मको नै तलब दिईसकेको पनि उनले स्पष्ट पारेका थिए  ।
सो अवसरमा  घिमिरेले बेईमानी गरेको पाईए राज्यले सबैलाई कारबाही गर्नुपर्ने बताए । उनले निजी विद्यालयहरुको औचित्य सकिएको वा औचित्य छ भन्नेबारे उठेको सवालमा यसबारे अभिभावकले भन्ने कुरा भएको जवाफ दिएका छन  । उनले अहिले निजी विद्यालयहरुलाई संविधानले चिन्छ ? भन्ने प्रश्न गर्दै  यदि निजि विद्यालयको  आवश्यकत्ता छैन भने राज्यले लिए हुने धारणा राखेका छन  । उनले  सरकारले गम्भीर बनेर  अहिलेको समस्या समाधान गर्न वातावरण बनाउनुपर्ने पनि बताए ।

तपाइँको प्रतिक्रिया ।