गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका कृषकहरुलाई अनुदान रकम प्रदान
कपन अनलाइन
काठमाडौं असार २९ । प्रदेश निर्वाचन क्षेत्र नं ३ मा पशु विकास कार्यक्रम अन्तर्गत अनुदान बितरण गरिएको छ ।गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाका गरि ९ जना कृषकहरुलाई अनुदान रकम प्रदान गरिएको हो । आव ०७६/०७७ को प्रदेश निर्वाचन क्षेत्र नम्बर-३ काठमाडौं अन्तर्गतका विभिन्न अनुदान कार्यक्रममा भाग लिई काम सम्पन्न गर्ने कृषकहरुलाई अनुदान रकम हस्तान्तरण गरिएको हो ।
भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र ललितपुरले गोकर्णेश्वर नगरपालिका-२ स्थित नयाँ पाटीमा शनिबार एक कार्यक्रमका बीच रकम हस्तान्तरण गरिएको हो । गोकर्णेश्वर नगरपालिका वडा-२ का वडाध्यक्ष कृष्ण बहादुर पण्डीतको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथीहरुमा गोकर्णेश्वर नगरपालिका उपप्रमुख शान्ती नेपाल कागेश्वरी मनोहरा नगरपालिकाकि उप प्रमुख विन्दु पूडासैनी सिंखडा ,गोकर्णेश्वर नगरपालिका वडा नं ३का वडा अध्यक्ष राजेन्द्रकुमार भण्डारी, कागेश्वरी मनोहरा नगरपालिका वडा नं २का वडा अध्यक्ष सुर्दशन धिमाल वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेल , पशु सेवा केन्द्रका केही कर्मचारी र कृषकहरुको उपस्थिती रहेको थियो।
सो कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले सामाजिक विकास अन्तर्गतका यस्ता कार्यक्रम गर्दा स्थानिय सरकारसँग समन्वय गरेर कार्यक्रम गर्दा अझ प्रभावकारी हुने बताए । उनले वास्तबिक र बिपन्न कृषकहरुलाई अनुदान रकम दिएर कृषी तथा पशु विकास कार्यक्रमलाई बढावा दिन सकिने बताए ।प्रमुख चालिसेले गोकर्णेश्वर नगरपालिकाले पनि कृषक तथा विदेशबाट फर्किएका युवाहरुलाई पशुपालन तथा कृषि क्षेत्रमा आवद्ध गराउँदै यस्ता कार्यक्रम अगाडी ल्याउन लागेको जानकारी दिए।कार्यक्रममा गोकर्णेश्वर नगरपालिका का ६ जना पशु पालन गर्ने कृषक तथा कागेश्वरी मनहराका ३ जना गरि ९ जना कृषकहरुलाइ रु४५०००००/= पैंतालीस लाख रकमको चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपालले प्रदेश र केन्द्र सरकारले यस्ता कार्यक्रममा स्थानिय सरकारसँग समन्वय नगरी कार्यक्रम ल्याएकोमा गुनासो गरेकी थिइन् । उनले सामाजिक विकास कार्यक्रम ल्याउँदा स्थानिय सरकारसँग समन्वय गर्न समेत आग्रह गरेकी थिइन ।उनले अनुदान पाउने कृषक तथा पशुपालकलाई बधाई तथा शुभकामना दिदैं जुन कामको लागी अनुदान पाएको हो सोही कामलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउन आग्रह गरीन ।
त्यस्तै कागेश्वरी मनोहरा नगरपालिका उप प्रमुख विन्दु पूडासैनी सिंखडाले स्वदेशमै कृषि तथा पशुपालन जस्ता कार्यबाट पनि मनग्य आम्दानी गर्न सकिन बताइन । उनले कोरोनाले अझ स्वदेशमै केही गर्नुपर्छ भन्ने भाव युवा पुस्तालाई जगाएको भन्दै अब देशमै यस्ता कार्यक्रमलाई अगाडी बढाउन युवाहरुलाई आव्हान समेत गरीन । ‘हामी विदेशमा गोबर फाल्न देखी झारपात गोड्न हिचकिचाउँदैनौं तर देशमा त्यही काम गर्न अफ्ठ्यारो मान्छौं’ उनले भनिन् ‘अब विदेशमा श्रम बेच्ने पसिना बगाउने होइन,देशमै पसिना बगाउने हो । नेपाली माटोलाई उर्भर बनाउने हो ।’
उनले अनुदान रुकम जुन उदेश्य र लक्षका लागी लिइएको छ सोही अनुरुप लगानी गर्नुपर्नेमा जोड दिइन । उनले कागेश्वर मनोहरा नरपालिकाले पनि कृषक तथा पशुपालकलाई विभिन्न कार्यक्रम मार्फत सम्बोधन गर्दै आएको बताईन । स्थानिय सरकारनै कृषकहरुको पीडा, रोदन सुन्ने पहिलो निकाय भएकोले आफुहरुले पनि जनताका गुनासा,गाली देखी ताली सबै खादै आएकोले जनताका पीर मर्काबाट स्थानिय सरकार टाढा नभाग्ने बताइन। कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुदर्शन धिमाल वडा नं१ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।