बाबा छोरीका कुरा : छायाँदत्त न्यौपाने (कविता )

बाबा छोरीका कुरा : छायाँदत्त न्यौपाने (कविता )

कपन अनलाइन

काठमाडौं ,असार २०।

छोरी : बाबा ! यो के गर्नुभएको ?
बाबा : यो, फूलको बिरुवा रोपेको !
छोरी : खोइ त बाबाफूल?
बाबा : य, फूल, यो बिरुवा ठुलो भएपछि फुल्छ ।
छोरी : कहिले ठूलो हुन्छ बाबाबिरुवा?
बाबा : अब बिरुवागोड्ने, पानीहाल्ने गरेपछि
विस्तारै हुर्कन्छ अनिफुल्न सुरु गर्छ ।
छोरी : बाबा ! बाबा म पनि पानी हाल्छु नि है
बाबा : ल, यो जग यसरी समातेर हाल ल
छोरी : खोइ फुल्दैन त बाबा ?
बाबा : हेर न, ठुलो हुँदै छ ।
छोरी : य, बाबा बिरुवा पहिला ठुलो हुन्छ अनि फुल्छ हो ?
बाबा : हो, तिमीले ठिक भन्यौ ।
छोरी : कस्तो हुन्छ बाबाफूल?
बाबा : फूल ! राता, पहेँला, सेता, बैजनी,
प्याजी यस्तै धेरै थरीका हुन्छन् नि ।
छोरी : अनि नि बाबा ! फूल के गर्ने ?
बाबा : य, फूल ! फूलफुलेपछि राम्रो देखिन्छ
फूलफुलेको हेर्दा रमाइलो हुन्छ
फूल त जन्मदिनहरू महोत्सवमा
प्रयोग गर्न सकिन्छ  फूलसँग मौरी
पुतलीखेल्छन् कस्तो रमाइलो हुन्छ
छोरी : बाबा ! म पनिफूल हेर्छु नि है
बाबा : ल, हुन्छ, तिमीपनि हेर, हजुरबाआमा, आमा
हामी सबै सँगै घुमी घुमीफूल हेरौंला
छोरी : आहा म फूल हेर्छु
मलाई फूल मन पर्छ
हजुरबाआउनुहोस्
हजुरआमाआउनुहोस्
आमाबाबा आउनुहोस्
फूलबारीमा जाऔं
फूलबारीमा जाऔं !

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।