लायन्स क्लब अफ काठमाडौं माकलबारी र थर्ड आइको वृक्षारोपण सम्पन्न
कपन अनलाइन
काठमाडौं, असार २० । गोकर्णेश्वर नगरपालिकाको माकलबारीमा वृक्षारोपण गरिएको छ । लायन्स क्ल्ब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं माकलबारी र लायन्स क्लब अफ काठमाडौं थर्ड आइ द्वारा शुक्रबार संयुक्त रुपमा वृक्षारोपण गरिएको हो ।
लाईनिष्टिक इएर वर्ष २०/२१ को पहिलो दिनमा डिस्ट्रिक द्वारा बिभिन्न सामाजिक कार्य गर्न आवहान भए अनुसार लायन्स क्लब अफ काठमाडौं माकलबारी ले पनि बिभिन्न सामाजिक कार्य लाइ सप्ताहब्यापी रुपमा मनाउने उदेश्यले शुक्रबार वृक्षारोपण गरेको हो । माकलबारी बागमती किनारामा बिभिन्न सौन्दर्य प्रजातिका ५० भन्दा बढी बिरुवा रोपिएको थियो ।
वातावरणमा जलवायु परिवर्तनबाट हुने हानि नोक्सानि रोक्न साथै पर्यटकको आकर्षणको केन्द्र बनाउन वृक्षारोपण गरिएको लायन्स क्लब अफ काठमाडौँ माकलबारीका प्रेसिडेन्ट लायन भिष्म बिक्रम रायमाझीले बताए ।वातावरणलाई स्वच्छ राख्दा मात्र स्वास्थ्य रहने हुदा वातावरण जोगाउ भन्ने उद्धेश्यले वृक्षारोपण कार्यक्रम गरिएको उनले स्पष्ट पारे । बर्षभरीमा करिब १०४ वटा बिभिन्न सामाजिक कार्यक्रम आयोजना गर्ने उदेश्य क्लबले राखेको बताउदै । जहा समस्या त्यहा लायन्स भन्ने नाराले समाजामा सकारात्मक सन्देश दिने उदेश्यले समेत वृक्षारोपण कार्यक्रम गरिएको उनले बताए ।
मानव र वृक्ष बीचको सम्बन्ध आदीम कालदेखि नै घनिष्ठ रहेको जोन चियरपर्सन तथा लायन्स क्लब अफ काठमाडौँ माकलबारीका इमिडेट पास्ट प्रेसिडेन्ट लायन राजेन्द्र कोइरालाले बताए। उनले जन्म देखि मृत्यु सम्म मानव जीवनलाई सार्थक तुल्याउन वृक्ष चाहिने बताउँदै यस वृक्षरोपणले ठुलो भुमिका खेल्ने बताए । बागमती किनाराना पानीको मुहान समेत रहेकाले रूख बढ्नका लागी सजिलो हुने र यसलाई थप संरक्षणको लागी तारघेराबार लगाउने पनि उनले बताए ।
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का पुर्व गभर्नर एबम बर्तमान जी एस टि मल्टिपल डिस्ट्रिक कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल ,डिस्ट्रिक ३२५ ए१का वर्तमान गभर्नर लायन टंक बहादुर श्रेष्ठ, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङ लायन पेमाछिरी शेर्पा, लायन रोशन बाबु श्रेष्ठ, लायन पूर्ण तामाङ, लायन शर्मिला भट्ट,लायन बिष्णु लामिछाने लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थितिमा वृक्षारोपण गरिएको थियो।