रावीमा झण्डा फहराऊ : वैरागी जेठा (कविता )
कपन अनलाइन
काठमाडौं ,असार २०।
अब उठ नेपाली
ब्यूँझेर अघि बढ
रावीमा नेपाली झण्डा फहराउँन
नेपाली भन्नेहरु !
अनुहारमा हाँसोको मुस्कान लिएर
अजाहरुको आँगनमा
डाँफे लिएर बढ मान्छेहरु
काँकडाको शैलुङमा
गोकुल जोशीका गीतबजा
ए ! नेपाली
कान्तिपुरमा मात्र चिच्याएर हुन्न
आँधीभएर लम्कि–लम्कि
नैनीतालमा चन्द्रसूर्य झण्डा फहराऊन
असहनीय कथाको गीत गाउँन बन्द गर
ए ! नेपाली
तेरै आमाको खूनहुन्
देऊथल र कुमाऊ
शिवको एक अंग हो
कालीभन्दा आठसय किलोमिटर जमिन
माया गर नेपाली हो ।
एक भएर अघि बढ
रावीमा झण्डा फहराउँन
तिमीहरु कै सन्तान हुन्
नालापानीका मान्छेहरु, हरेक जीवहरु
सपनामा हैन, विपना लिएर अघि बढ
रावीमा चन्द्र सूर्य झण्डा फहराउँन ।
लिपुलेक मात्र हैन तिमीहरुको
काँकडामा फहराऊ नेपाली झण्डा ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।