नेसनल प्याव्सनका १५ निर्णय ,संस्थागत विद्यालयहरुलाई खुसीको खबर

नेसनल प्याव्सनका १५ निर्णय ,संस्थागत विद्यालयहरुलाई खुसीको खबर

कपन अनलाइन 

काठमाडौं ,असार ७।

राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल केन्द्रीय समितिको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको  छ।

जुम प्रविधिबाट मिति ०७७ आषाढ १ गते सोमबार र ३ गते बुधवार सम्पन्न बहेको  बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा भएको बैठकले निम्न  निर्णयहरु गरेको छ।

सो बैठकका निर्णयहरु :

१. कोरोना भाईरसका कारण चालु शैक्षिक सत्रको सुरु देखिनै विद्यालयहरु सञ्चालन हुन नसकेका कारण विद्यालयहरुले पर्याप्त सुरक्षाको प्रबन्ध तथा भौतिक दूरी समेतलाई ध्यानमा राखि असार १५ गते सम्ममा विद्यार्थीहरुको अभिलेखिकरण तथा भर्ना प्रकृयालाई सम्पन्न गर्ने ।

२. भर्ना भएका विद्यार्थीहरुलाई उपयुक्त माध्यमबाट पाठ्य पुस्तक लगायत आवश्यक शैक्षिक सामग्री उपलव्धताको व्यवस्थापन गर्ने ।

३. बैकल्पिक शिक्षण विधी सञ्चालन गर्नका लागि बैठकले पारित गरेको बैकल्पिक शिक्षण विधी निर्देशिका – २०७७ बमोजिम शिक्षण क्रियाकलाप अघि बढाउने ।

४. बर्तमान असहज परिस्थितिका कारण तत्काल कक्षा सञ्चालन हुन नसक्ने अवस्थामा पारित निर्देशिका अन्तर्गत रही बैकल्पिक शिक्षण विधिबाट विद्यार्थीहरुलाई सिकाईसंग जोडन सदस्य विद्यालयहरुलाई सूचित गर्ने ।

५. विद्यालय प्रशासन मार्फत विद्यार्थी तथा अभिभावकहरुलाई विद्यालयले सञ्चालन गर्ने भर्चुअल कक्षा सम्बन्धमा जानकारी गराउने ।

६. Online र  Offlineकक्षा सञ्चालन विधि तथा प्रकृयाका बारेमा शिक्षकलाई अभिमुखिकरण कार्यक्रम सन्चालन गर्ने ।

७. विद्यालय क्षेत्र वाहिर रहनुभएका विद्यार्थीहरुको पहिचान गरी सम्बन्धित स्थानमा उपलव्ध हुनसक्ने सञ्चारका माध्यमबाट विद्यार्थीहरुको सिकाई प्रकृयालाई अघि वढाउने ।

८. स्थानिय स्तरमा भएका सबै प्रकारका सञ्चार माध्यमहरुसंग सहकार्य गरी बैकल्पिक शिक्षण विधिलाई विद्यार्थी समक्ष पु¥याउन प्रयत्न गर्ने ।

९. आवश्यक देखिएमा पालिका स्तरीय तथा जिल्ला स्तरीय विद्यार्थीहरुको कक्षागत समूह निर्माण गरि सामुहिक रुपमा बैकल्पिक कक्षा सञ्चालन गर्ने विधि समेत अवलम्बन गर्ने ।

१०. लकडाउन अर्थात बन्दाबन्दीको समय वैशाख र जेष्ठमा अनिवार्य दायित्वका रुपमा रहेको घर भाडा, बैङ्क किस्ता र व्याज तथा शिक्षक कर्मचारीहरुको तलब भत्ता व्यवस्थापनका लागि विद्यालय प्रशासन, अभिभावक तथा शिक्षकहरु समेतको सहमतिमा शुल्क निर्धारण गरी खर्च ब्यवस्थापन गर्न सम्पूर्ण सदस्य विद्यालयहरुलाई सूचित गर्ने ।

११.सम्माननीय प्रधानमन्त्रीज्यूले यही असार १ गते देखि बैकल्पिक कक्षा सञ्चालन गर्न तथा चालु शैक्षिक सत्र खेर नजाने गरी पठनपाठनलाई अधि बढाउन दिनु भएको निर्देशन अनुसार असार महिना देखि बिद्यालयको आन्तरिक गतिविधि र बैकल्पिक कक्षा सञ्चालन गर्दै नियमित रुपमा शुल्क उठाई शैक्षिक गतिविधि अघि बढाउने ।

१२. बर्तमान परिस्थितिमा इलष्लिभ तथा इााष्लिभ अर्थात बैकल्पिक शिक्षण सिकाई अवलम्बन गर्दा कुनै कठिनाई भए प्रदेश तथा केन्द्रिय समितिले आवस्यक सहजिकरण गर्ने ।

१३. हालसालै नेपाल सरकारले तयार गरेको विभिन्न शिक्षण सामग्रीहरु अंग्रेजी माध्यममा समेत निर्माण गरी निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि समेत उपयुक्त हुनेगरी प्रसारण गर्न सरकारी तथा निजी विद्यालयहरुले सञ्चालन तथा प्रसारण गरेका सञ्चार माध्यमहरुलाई समेत उपलब्ध गराउन सरकार समक्ष माग गर्ने ।

१४.केन्द्रीय समितिले उप प्रधानमन्त्री, शिक्षा मन्त्री तथा अर्थ मन्त्री समेतलाई भेटी बर्तमान संकट पूर्ण अवस्थाका लागि विद्यालयहरुलाई सहुलियत पूर्ण कर्जा लगायतका विभिन्न मागहरु गरिएको सन्दर्भमा उक्त मागहरु यथासम्भव सम्बोधन गरिने आस्वासन सम्बन्धित मन्त्रीज्यूहरुबाट प्राप्त भएकोमा सो हाल सम्म कार्यान्वयनको जानकारी हुननसकेको सन्दर्भमा उल्लेखित मागहरु तुरुन्त कार्यान्वयनका लागि पुनः जोडदार माग गर्ने ।

१५.विद्यालय शिक्षामा भौतिक उपस्थितिको अनिवार्यतालाई मनन गरी कोरोना भाईरसको प्रभाव शुन्य तथा न्यून रहेका स्थानहरुमा स्थानीय सरकारसङ्गको समन्वयमा विद्यालयहरु सञ्चालन गर्ने वातावरण सिर्जना गर्ने । यसका लागि फरक फरक समयमा सुरक्षाको प्रबन्ध तथा भौतिक दूरी समेतलाई ध्यानमा राखि कक्षाको व्यवस्थापन गरी भौतिक उपस्थिति र भर्चुवल कक्षाको सम्मिष्रण गर्दै शैक्षिक सत्रको पठनपाठन नियमित गर्ने ।

तपाइँको प्रतिक्रिया ।