हेटौडा अस्पताल तीन सय बेडको बनाउने लक्ष्यमा उर्जा : मुख्यमन्त्री डोरमणि पौडेल
कपन अनलाइन
हेटौडा ,असार ४ ।
मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रहदै आएको लिशा हिमालयले हेटौंडा अस्पताललाई सहयोग गरेको छ । प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने लक्ष्य राखेको हेटौंडा अस्पताललाई ५० सेट बेड सहयोग गरेको हो ।
सो सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा अस्पताललाई ३ सय बेडको सुविधा सम्पन्न गर्ने लक्ष्यमा यो सहयोग सामाग्रीले थप उर्जा मिलेको बताउँदै संस्था प्रति आभार व्यक्त गरेका छन् ।
सामाग्री लिशा हिमालय ईभिका अध्यक्ष डानियला जारिगले हेटौंडा अस्पताललाई सहयोेग सामाग्री हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताइ्र्र । हस्तान्तरण गरिएको हस्पिटल बेड, बेड म्याटरेस्टको प्रयोगबाट हेटौडा अस्पतालले दिने सेवाग्राहीहरुलाई दिइने स्वास्थ्य उपचार सेवामा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल, डा.प्रविण श्रेष्ठ लगाउत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।