लिशा हिमालयको हेटौंडा अस्पताललाई ५० सेट हस्पिटल बेड सहयोग
कपन अनलाइन
हेटौडा,असार ४ ।
मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रहदै आएको लिशा हिमालयले हेटौंडा अस्पताललाई सहयोग गरेको छ । प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने लक्ष्य राखेको हेटौंडा अस्पताललाई ५० सेट बेड सहयोग गरेको हो ।
कोराना त्रासको कारण सञ्चालनमा आएको आईसोलेसन वार्ड तथा अन्य सेवाको लागि लिशा हिमालय ईभि नाम गरेको गैर सरकारी दातृ संस्थाले बागमती सरकारका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितीमा हेटौडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेललाइ १८ लाख ३८ हजार रुपैयाँ बराबरको ५० सेट हस्पिटल बेड, बेड म्याटरेस्ट लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
तपाइँको प्रतिक्रिया ।