विभिन्न माग राख्दै नेपाल नाई संघको ज्ञापन पत्र

विभिन्न माग राख्दै नेपाल नाई संघको ज्ञापन पत्र

कपन अनलाइन 

बारा ,असार ३।

नेपाल नाई संघ बारा जिल्ला समितिले विभिन्न माग राख्दै नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ। नेपाल सरकारले  २०७६ साल चैत ११ गतेबाट लकडाउन जारी गरे देखि नै नाईहरुले पुर्ण रुपमा बन्द रहेका सैलुनहरु अहिले सम्म खोल्न नपाउदा  श्रमिकहरु बढी प्रभावित भएको भन्दै तुरुन्त सैलुन खोल्न पाउनु पर्ने संघको माग रहेको छ।

वान्सदावंदीको स मयमा नाई श्रमिकहरुले  लकडाउनको कारणले गर्दा घर परिवारको खर्च जुटाउन धौधौ परिरहेको नेपाल नाई संघ नगर समिति बाराले गुनासो गर्दै  दैनिक संचालन गरि बिहन र बेलुकी आफन्नो गुजारा चलाउने नाईहरुलाई अहिले एक छाक टार्न समस्या भईरहेको  जानकारी दिएको छ।

उक्लेत संघले  लकडाउनको अबधिमा कोठा भाडा र पसल भाडा छुटको ब्यबस्था हुनु पर्ने, बैक तथा सहकारी संस्थाबाट लिएको नाई श्रमिकको ऋण ब्याज छुट हुनु पर्ने, सरकारबाट सम्पुर्ण शैलुनमा काम गर्ने श्रमिकहरु लाई अनिबार्य रुपमा मास्क, सेनिटाईजर, पिपीई, ग्लब्स निशुल्क उपलब्ध गराएर शैलुन खोल्ने बाताबरण बनाईदिनु पर्ने, नेपाल नाई संघ नगर कार्य समिति बाराका अध्यक्ष ठगइ ठाकुरले कलैया उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । नगरका अध्यक्ष ठाकुरले मागको सम्बोधन नभए नाई श्रमिकहरु आन्दोलनमा उत्रिने चेतावनी  दिएका  छन  ।

 

तपाइँको प्रतिक्रिया ।