गोकर्णमा ट्रकले स्कुटरलाइ ठक्कर दिंदा स्कुटर चालक गम्भीर घाइते

गोकर्णमा ट्रकले स्कुटरलाइ ठक्कर दिंदा स्कुटर चालक गम्भीर घाइते

कपन अनलाइन

काठमाडौँ, जेठ ३२। गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोल भगवती स्थानमा गम्भीर सवारी दुर्घटना भएको छ।आज सांझ  करिब ७ बजे तिर ना ६ ख ६३९० नम्बरको मालबाहक ट्रकले प्रदेश ३- ०२-००६ प २२३९ नम्बर को स्कुटर लाइ ठक्कर दिदा स्कुटर चालक सहित स्कुटरमा सवार  एक जना   गम्भीर घाइते भएका छन ।

स्कुटर चालकको खुट्टा मा गम्भीर चोट लागेको हुँदा उनलाई उपचारको लागि अस्पताल लगिएको  छ भने स्थिति तनाबग्रस्त हुँदा प्रहरी तैनाथ गरिएको छ। आक्रोशित भिडले  ट्रक चालक लाइ कारवाहीको माग गरेका छन । समयमा नै गोकर्ण प्रभागका  प्रहरी परिचालन हुँदा थप घटना भने हुन पाएन ।

ट्रक र ट्रक चालक अहिले महानगरीय प्रहरी प्रभाग गोकर्णको नियन्त्रणमा रहेको र सो घटनाको आवश्यक अनुसन्धान भैइरहेको महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक बाशुदेव थापाले बताए  ।

फोटो :रोजिना बिष्ट (रोज)

तपाइँको प्रतिक्रिया ।