कागेश्वरी मनोहरा नगरपालिकामा मेयर कोरोना रोकथाम (कोभिड-१९)कोष स्थापना गर्ने निर्णय भएको छ:नगर प्रवक्ता राजाराम पुडासैनी

कागेश्वरी मनोहरा नगरपालिकामा मेयर कोरोना रोकथाम (कोभिड-१९)कोष स्थापना गर्ने निर्णय भएको छ:नगर प्रवक्ता राजाराम पुडासैनी

कपन अनलाइन

काठमाडौं जेठ २६। कागेश्वरी मनोहरा नगरपालिकाको कार्यपालिकाको ४७औं बैठक सम्पन्न भएको छ उक्त बैठकले  कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न कागेश्वोरी मनोहरा नगरपालिका मेयर कोरोना रोकथाम (कोभिड-१९)कोष स्थापना गर्ने निर्णय भएको नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी गराए   । बुधबार बसेको नगरपालिकाको बैठकले नगरवासीको स्वास्थ्यलाई ख्याल गर्दै मेयर कोरोना रोकथाम कोष स्थापना गरेको कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले जानकारी गराए ।

कोरोना कोषमा नगरपालिकाका मेयर कृष्णहरी थापाले एक लाख रुपैयाँ सहयोग गर्ने बताएका छन्। उक्त कोषमा नगरपालिकाका जनप्रतिनिधिहरुको एक महिना बराबरको भत्ता पनि जम्मा गरिनेछ भने नगरपालिकाका उप-प्रमुख, कार्यपालिका सदस्य,वडा अध्यक्ष तथा नगर सदस्यहरुको एक महिना बराबरको भत्ता जम्मा गरिने पनि  उनले जानकारी गराए नगरभित्र कोरोना महामारी रोकथाम गर्न कोरोना कोष स्थापना गरिएको हो।यसले कोरोना भाइस नियन्त्रणमा केही सहयोग गर्ने अपेक्षा लिएका छौं।’ उनले भने,उक्त कोषमा नगरपालिकामा कार्यरत कर्मचारीको लकडाउन अवधि तीन महिनाको प्रति महिना एक दिन गरी तीन दिन बराबरको तबल पनि जम्मा गरिनेछ। त्यस्तै उक्त कोषमा अन्य सहयोगी संघसंस्था, चन्दादाताहरुले पनि सहयोग गर्न सक्ने बताए ।

प्रवक्ता पुडासैनीका अनुसार कोषमा जम्मा भएको रकमबाट प्रस्तावित नगर अस्पताल मुलपानीमा कोरोना परीक्षणका लागि आवश्यक पर्ने भिटिएम किट खरिद गरिनेछ। वडाको सिफारिसमा प्रत्येक हप्ताको सोमबार आरडीटी र शुक्रबार पीसीआर परीक्षण गरिने बताए। कोरोना परीक्षण भने आवश्यकता अनुसार गरिनेछ।

नगरको योजनाअनुसार एक घर एक व्यक्तिको कोरोना परीक्षण हुने नगरपालिकाले जनाएको छ।नगरभित्र कोरोना नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले पटक पटक कोरोना परीक्षण गराउँदै आएको  जानकारी गराए।यस्तै संक्रमित क्षेत्र वा बाहिरी मुलुकबाट नगरभित्र आउने जोकोही व्यक्तिलाई समयमै कोरोना परीक्षण गराउन नगरपालिकाले आग्रह गरेको छ।बाहिरबाट आएका व्यक्तिको विवरण संकलन भइरहेको नगरपालिकाले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।