काठमाडौं महानगरपालिका ६ तीनचुले भुवलडाँडामा लकडाउन प्रभावितहरुलाई खाद्यान्न वितरण
कपन अनलाइन
काठमाडौं जेठ २६ ।काठमाडौं महानगरपालिका वडा नं ६ तीनचुले भुवलडाँडामा लकडाउन प्रभावितहरुलाई खाद्यान्न वितरण गरिएको छ कोरोनाका कारणले दैनिक ज्याला मजदुरीको कामकाज गरेर जीवनयापन गर्नेहरुलाई परेको खाद्य संकटलाई सहयोग गर्ने हेतु काठमाडौं महानगरपालिका वडा नं ६ तीनचुले भुवालडांडा स्थित जेनिसिस एकेडमीको प्राङ्गणमा खाद्यान्न सहयोग गरिएको हो ।
बागमती प्रदेशका प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामाको पहलमा Be Human Nepal का अध्यक्ष आङ्ग पुर्बा शेर्पा उपाध्यक्ष डेन्डी शेर्पा, सहसचिव निमा शेर्पा तथा मित्रता सामज सेवा अध्यक्ष निमा दोर्जे तामाङ सहित सदस्य निमसाङ्ग तामाङको सहयोगमाखाद्यान्न सामग्री काठमाडौं महानगरपालिका वडा नं ६ वडा कार्यलयको सहकार्यमा लकडाउन बाट प्रभावित करिब ट्रेकिंग गाइड (पोर्टर) लगायत असंगठित यातायात मजदुरहरु गरि करिब एक सय परिवारलाइ खाद्यान्न सहयोग गरिएको हो ।
आइतबार उनीहरुलाई प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामा ,काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा वडा सदस्य जयराम पुडासैनी लगायतको उपस्थितिमा प्रति परिवार एक बोरा चामल , दाल, तेल, नुन लगायतको सामग्री वितरण गरिएको थियो ।
दैनिक मजदुरी गरी जीवन धान्दै आएकाहरु लक डाउनका कारण समस्यामा परेपछि उनीहरुलाई खाद्यन सहयोग गरिएको हो ।उक्त कार्यमा युवा समाजसेवी तथा स्थानीय अजिप लामा,अर्जेन्टिना निवासी खुवान, बेल्जियम निवासी गियम, बौद्ध तिनचुली निवसी चेतन लगायतले खाद्यान्न वितरण कार्यमा स्वयं सेवकको रुपमा सक्रिय भूमिका खेलेका थिए । यस अघि पनि उक्त संस्था बाट ९० परिवारलाइ खाद्यान्न वितरण गरिसकेको समाजसेवी स्थानीय अजिप लामाले कपन अनलाइनलाइ बताए भने सहयोग वितरण कार्यक्रम जारी रहने पनि बताए ।